काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई आठ विकेटले पराजित गर्यो ।
जितसँगै पाँच खेलमा चार जितसँगै आठ अङ्क जोडेको सुदूरपश्चिम अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने आठ खेलमा सबै खेल हारेर अङ्कबिहीन बनेको कोशी प्रदेश पुच्छारमा छ ।
कोशीले प्रस्तुत गरेको एक सय २४ रनको लक्ष्य सुदूरपश्चिमले २१ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमको जितमा नरेन भट्टले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४९ बलमा सात चौका प्रहार गरे । प्रकाश पाण्डेले अविजित ३४ बनाए भने कप्तान राजु रिजालले २१ रन बनाए ।
कोशीका लागि दुवै विकेट फिर्दोस अन्सारीले लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो ।
कोशीका लागि मिनाश थापाले २६, कप्तान अङ्कित तिवारीले २२, कमल खत्रीले १८ र फिर्दोस अन्सारीले १३ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले पाँच विकेट र विकाश आग्रीले चार विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - २०:४३
तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेक...
पौष २४ गते, २०८१ - २०:३८
हुम्ला । हुम्लाकाे नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको जाङ गाउँ यस वर्षबाट मानिसविहीन बनेको छ । यसअघि वर्खामा बस्दै आएका दुई परिवारका सदस्यहरुल...
पौष २४ गते, २०८१ - २०:३०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्रा...
पौष २४ गते, २०८१ - २०:२६
पाकिस्तान । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । ...
पौष २४ गते, २०८१ - २०:२१
बाँके । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी ...
पौष २४ गते, २०८१ - १९:५९
भोलि साँझसम्म थुनछेक आदेश आउला त ?
पौष २४ गते, २०८१ - १९:३५
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाको पोस्टमा एक दर्जन गोल गरेको छ । सातद...
पौष २४ गते, २०८१ - १९:२९
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेक...
पौष २४ गते, २०८१ - १९:१८
काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...
पौष २४ गते, २०८१ - १९:००
झापा । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति गलत...
प्रतिकृया लेख्नुहोस्: