Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

देशभर लागूऔषधसहित ९ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । 

झापाकाे कमल गाउँपालिका-७ धिमाल डाँडास्थित सानो होटलबाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम र ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित होटल सञ्चालक बि माया धिमालसमेत ४ जनालाई   प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

दाङकाे घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ३० मिलिग्राम र नगद ३५ हजार ३ सय ५ रूपैयाँसहित सोही ठाउँ बस्ने ३७ वर्षीया कमली नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कमलीको रेष्टुरेन्ट तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

मकवानपुरकाे थाहा नगरपालिका-८ गल्छीबाट अवैध लागूऔषध गाँजा करिब १० किलो र नगद ७४ हजार ९ सय ९५ रूपैयाँसहित धादिङ गजुरी गाउँपालिका-८ महादेवखर्क बस्ने ४३ वर्षीय सानुकान्छा स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१० व्यारेल गडडाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन ८३ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २८ वर्षीय दिवस कुँवर र सोही नगरपालिका-१ बस्ने २८ वर्षीय प्रेम राज जोशी रहेका छन् । प्रहरी चौकी गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुरकै बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २६ वर्षीय प्रशान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

     

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुख घिमिरे स्वदेश फिर्ताः नेपालको शान्ति प्रक्रिया विश्वका लागि प्रेरणादायी

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्केका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका स...

भाेली या पर्सि मात्रै रवि लामिछानेलाई काठमाडौँ ल्याइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन प्रहरी सकस परेकाे छ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँ...

रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दामा प्रमाण पेश गर्न सर्वोच्च अदालतकाे आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्ने...

दुग्ध विकास संस्थान सुधार गर्छु : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरह...

उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्र बाजुरामा विवाद

बाजुरा । स्वामिकार्तिक गाउँपालिकाका उपाध्यक्षका लागि १६ मंसिरमा हुने उपनिर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र बाजुरामा विवाद बढेको छ । आधिकारीक उम्मेद...

अछाम अस्पतालमा शल्यक्रिया सुरु

अछाम । अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ । पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका  डा. अधिराज ...

उपनिर्वाचन : कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्थ...

उपनिर्वाचन: कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले माओवादी केन्द्रलाई सघाउने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई सघाउने भएकाे छ । एकीकृ...

कपिलवस्तुमा अवैध पेस्तोलसहित एक युवा पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका–६ का २१ वर्षीय सद्दाम हुसेन फकिरलाई अवैध पेस्तोलसहित पक्राउ गरेको छ । पेस्तोलसँग...

देशमै रोगजारी सिर्जना र विकास निर्माणलाई तीव्रता दिँदैछाैँ: सञ्चारमन्त्री गुरुङ

पाेखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोगजारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामथ्र्य र प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy