Ntc summer Offer
Khabar Dabali ४ कार्तिक २०८१ आईतवार | 20th October, 2024 Sun
Investment bank

कञ्चनपुरमा २० प्रतिशतमात्रै धान खरिद

खबरडबली संवाददाता
कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकेको छ ।
 
संस्थानले किसानबाट यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार नौ सय ५१ क्विन्टलमात्रै खरिद गर्न सकेको हो । गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्यअनुसारको धान खरिद गर्न सकेको थिएन ।
 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका सूचना अधिकारी तपेन्द्र उपाध्यायले यस वर्ष लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकिएको जानकारी दिए ।“हामीले यस वर्ष किसानबाट १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ”, उपाध्यायले भने, “समयमै धानको समर्थन मूल्य तोकेर खरिद सुरु गरे पनि लक्ष्यअनुसार धान खरिद गर्न सकिएन ।”
 
उनले सरकारले समर्थन मूल्य तोकेर किसानको धान खरिद गर्न सुरु गर्नेबित्तिकै बजारमा धानको मूल्यवृद्धि भएकाले किसान धान बेच्न खाद्यमा नआएको बताए । “बजारमा धानको मूल्यवृद्धि भएपछि किसान धान बिक्री गर्न यहाँ आएनन्”, उनले भने, “गत वर्ष पनि हामीले लक्ष्यअनुसार धान खरिद गर्न सकेका थिएनौँ ।” 
 
गत वर्ष खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टलमात्रै खरिद गर्न सकेको थियो । यता किसान भने खाद्य संस्थानमा धान खरिद गर्न प्रक्रियागत झन्झटका कारण बजारमा धान बिक्री गरेको बताउँछन् । 
 
“हामीले आफ्नै धान खरिद गर्नसमेत शुल्क तिर्नुपर्ने भयो”, यहाँका किसान खुसी रानाले भने, “धान बिक्री गर्न वडा कार्यालय गएर सिफारिस बनाउनुपर्यो, त्यसको रु पाँच सयसम्म सिफारिसको शुल्क तिर्नुपर्छ ।” उनले सरकारले किसानका लागि सजिलो हुनेगरी धान खरिद गर्ने व्यवस्था नमिलाएको बताए । 
 
सरकारले तोकेको मूल्यभन्दा बजारमा राम्रो मूल्य पाएपछि खाद्यलाई धान बिक्री नगरेको अर्का किसान लालसिंह डगौराले बताउँछन् । “खाद्यलाई धान बिक्री गर्न सिफारिस बनाउनमै रु पाँच–सात सय खर्च हुने, त्यो झन्झटभन्दा बजारमा बिक्री गरेका हाैँ”, उनले भने । 
 
उनले सरकारले जहिल्यै ढिलोगरी धान खरिद गर्ने भएकाले किसान मर्कामा पर्ने गरेको बताए । सरकारले समयमै धान खरिद गरे किसानले उचित मूल्य पाउने किसान गणेश भट्टले बताए । 
“सरकारले ढिलो गरेको फाइदा व्यापारीले उठाउँछन्  किसान समस्यामा छन् भन्ने थाहा हुन्छ र सस्तोमा खरिद गर्छन्”, भट्टले भने, “सरकारले समयमै धान खरिद गरेमात्रै किसानलाई न्याय हुन्छ ।” कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ । कञ्चनपुरमा धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो: उपेन्द्र यादव

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।  जनता स...

स्याङ्जाको चापाकोटमा बम बिस्फोट, एक घाइते

स्याङ्जा । स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो ।  पुरीको तीन ...

वेस्ट ह्याममाथि टोटनह्यामको शानदार जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ४-१ गोल अन...

कांग्रेसकाे आउँदो महाधिवेशन निर्धारित समयभित्र हुनुपर्छ:शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो महाधिवेशन निर्धारित समयभित्र हुनुपर्नेमा जोड दिएका छन् । शनिबार मोरङको बेलबारीमा नेपाल भूतपूर्...

भूमिसम्बन्धी समस्या समाधान गर्न कात्तिकभित्रै आयोग गठन हुन्छ: मन्त्री अधिकारी

त्रिशूली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् । नेपाल कम्यु...

कानुनी प्रक्रियालाई सघाउन तयार छौँ: सन्तोष परियार

त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने ...

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलि...

क्युबामा देशभर विद्युत अवरुद्ध

काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर ...

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको...

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy