Ntc summer Offer
Khabar Dabali ४ कार्तिक २०८१ आईतवार | 20th October, 2024 Sun
Investment bank

रुकुमपश्चिममा १८ हजार अस्थायी आवास निर्माण

खबरडबली संवाददाता

रुकुम । रुकुमपश्चिममा १८ हजार आठ सय ६६ अस्थायी आवास निर्माण गरिएका छन् । छ हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा छन् । 

जिल्लाभर रु ७६ करोड ५९ लाख लाभग्राहीलाई भुक्तानी दिइएको छ । करिब २७ हजार ३६ लाभग्राहीले रकम प्राप्त गरेका छन् । चौरजहारी नगरपालिकामा तीन हजार नौ सय १५, आठबिसकोट नगरपालिकामा पाँच हजार सात सय ८५, मुसिकोट नगरपालिकामा चार सय ९६, सानीभेरी गाउँपालिकामा पाँच हजार दुई सय ४०, त्रिवेणी गाउँपालिकामा दुई हजार चार सय ७५ र बाँफीकोट गाउँपालिकामा पाँच सय ७३ अस्थायी आवास निर्माण गरिएका छन् । 

त्यस्तै चौरजहारी नगरपालिकाका छ हजार दुई सय ५४, आठबिसकोट नगरपालिकाका नौ हजार छ सय ६७, मुसिकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार छ सय २४, त्रिवेणी गाउँपालिकाका दुई हजार सात सय ५२ र बाँफीकोट गाउँपालिकाका एक हजार छ सय ९९ लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन् । 

त्यस्तै चौरजहारी नगरपालिकामा रु १५ करोड ६३ लाख ५० हजार, आठबिसकोट नगरपालिकामा रु २४ करोड १६ लाख ७५ हजार, मुसिकोट नगरपालिकामा रु दुई करोड ६० लाख, सानीभेरी गाउँपालिकामा रु १४ करोड छ लाख, त्रिवेणी गाउँपालिकामा रु छ करोड ८८ लाख र बाँफीकोट गाउँपालिका रु चार करोड २४ लाख ७५ हजार रकम लाभग्राहीको खातामा भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए । 

जिल्लाभर २९ हजार चार सय छ लाभग्राही रहेकामा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासका लागि पहिलो किस्ताको रकम भुक्तानी गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो: उपेन्द्र यादव

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।  जनता स...

स्याङ्जाको चापाकोटमा बम बिस्फोट, एक घाइते

स्याङ्जा । स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो ।  पुरीको तीन ...

वेस्ट ह्याममाथि टोटनह्यामको शानदार जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ४-१ गोल अन...

कांग्रेसकाे आउँदो महाधिवेशन निर्धारित समयभित्र हुनुपर्छ:शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो महाधिवेशन निर्धारित समयभित्र हुनुपर्नेमा जोड दिएका छन् । शनिबार मोरङको बेलबारीमा नेपाल भूतपूर्...

भूमिसम्बन्धी समस्या समाधान गर्न कात्तिकभित्रै आयोग गठन हुन्छ: मन्त्री अधिकारी

त्रिशूली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् । नेपाल कम्यु...

कानुनी प्रक्रियालाई सघाउन तयार छौँ: सन्तोष परियार

त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने ...

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलि...

क्युबामा देशभर विद्युत अवरुद्ध

काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर ...

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको...

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy