Ntc summer Offer
Khabar Dabali ४ कार्तिक २०८१ आईतवार | 20th October, 2024 Sun
Investment bank

लालपुर्जा नहुँदा वन्यजन्तु पीडितले क्षतिपूर्ति पाएनन्

खबरडबली संवाददाता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ की खिमादेवी उपाध्यायले यस वर्ष आफ्नो बारीमा तरुलखेती गरेनन् । विगतका वर्षमा तरुलखेती देखिने उनको बारीमा यस वर्ष कोदोखेती गरे । 

“बारीमा लगाएको तरुल बँदेल आएर सबै खाइदिन्छ”, उनले भने, “उत्पादन भएको तरुल बिक्री गर्ने त परको कुरा हो, आफूले खानसमेत पाइँदैन, त्यसैले तरुल लगाउनै छाडे ।” उनका अनुसार गत वर्ष करिब सात कठ्ठा जमिनमा लगाइएको तरुल सबै बँदेलले खाइदिएको छ । “बँदेलले तरुल खाएपछि वडा तथा मध्यवर्तीमा गुनासो गरेको थिएँ”, उनले भने, “बारीको लालपुर्जा आएको छैन, त्यसैले वन्यजन्तुका कारण हुने क्षतिको राहत पाइनँ ।”

करिब ४० वर्षदेखि आफू यस ठाउँमा बस्दै आएको उल्लेख गर्दै उपाध्यायले जग्गाको पटकपटक नापी भए पनि लालपुर्जा नपाउँदा बारीमा जङ्गली जनावरले पुर्‍याएको क्षतिको राहत नपाएको गुनासो गरे । “सरकारले हामीलाई लालपुर्जा पनि दिँदैन, हाम्रो गाउँमा वन्यजन्तु आएर बाली नष्ट गर्दा क्षतिपूर्ति पाइँदैन”, उनले भने, “हाम्रो गाउँमा मेरो बारीको वरिपरि रहेका अन्य बारीको लालपुर्जा छ, तर मेरो छैन ।” उनले गाउँमा रहेका आधाभन्दा बढी जग्गाको लालपुर्जा नभएको बताए । 

मध्यविन्दु–३ कै नन्दे गुरुङ अहिले व्यावसायिक तरकारीखेतीतर्फ लागेका छन् । उनले विगतका वर्षमा यस समयमा मकै लगाउने गरेको जनाउँदै बँदेलका कारण मकै भित्र्याउन नपाएपछि अहिले खेती परिवर्तन गरेको बताए । “मैले यसपटक बर्खामा पनि मकैखेती गरिनँ”, उनले भने, “मकैको हारी पस्न (घोगा लाग्न) सुरु भएपछि बारीमा बँदेल पसेर सबै मकैमा क्षति पुर्‍याउने गर्छ”, उनले भने, “रातिमा जङ्गली जनावर आएर बारीमा पस्ने भएकाले खेती कुर्नुभन्दा खेती नै परिवर्तन गरेँ ।” 

गुरुङले अहिले आफ्नो करिब एक बिघा जमिनमा टमाटर, काँक्रा, करेला, काउलीलगायत तरकारीखेती गरेका छन् । “जग्गाको लालपुर्जा पाएको छैन”, उनले भने, “लालपुर्जा नभएको जग्गामा वन्यजन्तु आएर गरेको क्षतिको राहत पनि नपाइने रहेछ, त्यसैले वन्यजन्तुले कम क्षति पुर्‍याउने खेती गर्न सुरु गरेको हो ।” 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्‍याउँदा राहत पाउन सकेका छैनन् । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले धेरै किसानले अन्नबालीमा वन्यजन्तुले क्षति पुर्‍याएको गुनासो गर्ने गरेको भए पनि सबैलाई राहत उपलब्ध गराउन नसकिएको बताए । 

“लालपुर्जा भएको जग्गामा गरिएको खेतीमा वन्यजन्तुले क्षति पु¥याएमा राहत दिन मिल्छ”, उनले भने, “तर लालपुर्जा नभएको जग्गामा वन्यजन्तुले क्षति पुर्‍याएको अवस्थामा राहत दिन नमिल्ने कानुनी व्यवस्था छ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ उपदफा ‘क’ का आधारमा निर्माण गरिएको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ मा कस्ता वन्यजन्तुले धनजनको क्षति पुर्‍याएमा राहत प्रदान गर्न मिल्ने भनेर उल्लेख गरिएको तिवारीले बताए । 

निर्देशिकाको अनुसूची १ मा वन्यजन्तुले पुर्‍याएको क्षतिबापत पाउने राहतको विवरण उल्लेख गरिएको भए पनि अनुसूची २ ले लालपुर्जा नहुने जग्गामा गरिएको खेतीमा राहत पाउनबाट वञ्चित गरेको तिवारीले बताए ।

वन्यजन्तुबाट भएको क्षतिको राहत रकम प्राप्त गर्न पेस गर्नुपर्ने कागजात तथा प्रमाणको बुँदा नम्बर ९ ले वन्यजन्तुबाट भएको क्षतिको राहत रकम लिनका लागि ‘घर/जग्गाधनी पुर्जा’ पेस गनुपर्ने भनी उल्लेख गरेको तिवारीको भनाइ छ । 

“मध्यवर्तीका धेरै किसानले लगाएकाे बाली वन्यजन्तुले क्षति पुर्‍याएको हामीले पनि देख्ने गरेका छौँ”, उनले भने, “लालपुर्जा नभएको जग्गामा वन्यजन्तुले पुर्‍याएको क्षतिको राहत दिने भनेर कानुनले नभनेका कारण पीडित किसान क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपरेको छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुग्यो: उपेन्द्र यादव

जलेश्वर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काङ्ग्रेस कम्युनिस्टका कारण मुलुक गम्भीर अवस्थामा पुगेको बताएका छन् ।  जनता स...

स्याङ्जाको चापाकोटमा बम बिस्फोट, एक घाइते

स्याङ्जा । स्याङ्जाको चापाकोटमा बम बिस्फोट भएको छ । चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोबिन्द पुरीको घरमा बम बिस्फोट भएको हो ।  पुरीको तीन ...

वेस्ट ह्याममाथि टोटनह्यामको शानदार जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ४-१ गोल अन...

कांग्रेसकाे आउँदो महाधिवेशन निर्धारित समयभित्र हुनुपर्छ:शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो महाधिवेशन निर्धारित समयभित्र हुनुपर्नेमा जोड दिएका छन् । शनिबार मोरङको बेलबारीमा नेपाल भूतपूर्...

भूमिसम्बन्धी समस्या समाधान गर्न कात्तिकभित्रै आयोग गठन हुन्छ: मन्त्री अधिकारी

त्रिशूली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न छिट्टै आयोग गठन हुने बताएका छन् । नेपाल कम्यु...

कानुनी प्रक्रियालाई सघाउन तयार छौँ: सन्तोष परियार

त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने ...

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलि...

क्युबामा देशभर विद्युत अवरुद्ध

काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर ...

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको...

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy