काठमाडौं । कैलालीमा अन्तरजातीय विवाह गरेर गएकी छोरीलाई आमाले घरमै गएर कुटपिट गरेकी छन् । गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्मासँग अन्तरजातीय विवाह गरेकी २३ वर्षीया सरस्वती खड्कालाई आमाले घरमै गएर शनिबार कुटपिट गरेकी हुन् ।
कुटपिटबाट सरस्वती र सुरेश घाइते भएका छन् । गौरीगंगा नगरपालिका– ७ की सरस्वती र सुरेशले २०७९ फागुन २९ गते काठमाडौंमा अन्तरजातीय विवाह गरेका थिए ।
विवाहपश्चात सरस्वतीका बुबा (पूर्वप्रहरी) र भाइले सुरेशलाई काठमाडौंस्थित गौशालाको जंगालमा लगेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका सुरेशलाई सरस्वतीका बुबाले ‘ललाइफकाइ छोरीलाई लगेको’ भन्दै गौशाला प्रहरी बुझाएका थिए ।
त्यसबेला प्रहरीले नै सुरेशलाई दुर्व्यवहार गर्नुका साथै जातीय विभेदजन्य गालीगलौज गरेको थियो । त्यसपश्चात डर-त्रासका बीच काठमाडौंमा बस्दै आएका सुरेश-सरस्वती १५ दिनअगाडि कैलालीस्थित घर आएका थिए ।
उनीहरू घर आएकाे थाहा पाएलगत्तै शनिबार (हिजाे) बिहान ७ बजेतिर चार–पाँच जना मानिसहरुसहित घरमा आएकी आमाले आफू र श्रीमान्लाई कुटपिट गरेको सरस्वतीले जानकारी दिइन् । ‘हिजो बिहान त्यस्तै ७ बजेतिर चार–पाँच जना मान्छेसहित आउनुभएको थियो’, सरस्वतीले भनिन्, ‘अरु मान्छेले त केही बोलेन्न तर मम्मीले म र श्रीमानलाई कुटपिट गर्नुभयो ।’
कुटपिटबाट सामान्य घाइते भएको उनले बताइन् । आमा आएर घरमा हल्लाखल्ला गरेपछि गाउँलेहरूले इलाका प्रहरी कार्यालय मालाखेतीलाई सूचना गरेका थिए । सूचनापछि प्रहरीले घरमै आएर आमालाई नियन्त्रणमा लिएर सम्झाइ–बुझाइ गरेको सरस्वतीले बताइन् ।
‘मम्मीले आक्रमण गरेको एकछिनमै प्रहरी आएर उहाँलाई समात्याे,’ सरस्वतीले भनिन्, ‘धन्न प्रहरी समयमै आएर उहाँलाई समात्यो, नत्र उहाँ त हामीलाई हान्न खुकुरी खोजिरहनु भएको थियो ।’
प्रहरीले उनलाई आगामी दिनमा सुरेश र सरस्वतीलाई धम्काउने तथा आक्रमण गर्ने प्रयास गरे कारबाही गर्ने चेतावनी दिएर घर पठाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - २१:०३
काठमाडौँ । नेकपा (एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन् । शुक्रबार काठम...
पौष १२ गते, २०८१ - २०:५१
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली प्रहार गरेका छन् । न्यौपानेले शुक्रबार साँझ ७ ...
पौष १२ गते, २०८१ - २०:३५
बेइजिङ । चिनियाँ कम्पनीहरूको आउटबाउन्ड लगानी सन् २०२४ मा निरन्तर बढ्दै गएको र ८० प्रतिशतभन्दा बढीले विदेशी लगानी विस्तार गरेको शुक्रबार सार्वजनिक गरिए...
पौष १२ गते, २०८१ - २०:३१
काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला ...
पौष १२ गते, २०८१ - २०:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । आज बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी पुस १९, २० र २१ गतेका ल...
पौष १२ गते, २०८१ - १९:३६
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–५, टेकानीका दलबहादुर लुङ्गेलीलाई हिजोआज तरूल खन्न भ्याइनभ्याइ छ । उनले बागमती बगरमा पाँच कट्ठा खेतमा तरूल लगाएका ...
पौष १२ गते, २०८१ - १९:२९
झापा । झापाको बुद्धशान्ति गाउँपालिका– २ का अध्यक्ष डिल्लीप्रसाद ओली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई घुस लिएको भन्द...
पौष १२ गते, २०८१ - १९:२५
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा उच्च पहाडी भू–भागमा हिउँ र पानी पर्ने पूर्वानुमान गरेको छ । ...
पौष १२ गते, २०८१ - १९:२१
रुकुम पूर्व । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकार एकपछि अर्को गलत काम गरिरहेको आराेप लगाएका छन् । ‘सरकार भ्रष्टाचार र विकृतिमा एकप...
पौष १२ गते, २०८१ - १९:१०
महोत्तरी । आफुलाई चिकित्सकको रुपमा प्रस्तुत गरी ठगी र लुटपाट गर्दै आएका युवक पक्राउ परेका छन् । महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर,...
प्रतिकृया लेख्नुहोस्: