काठमाडौं । संघीय संसदको एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका हुन् ।
चिकित्सक र सांसदहरुको जम्बो टाेली बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययन गर्न भारतको हिमांचल राज्य गएका हुन् । भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरु भारत गएका हुन् ।
भारत भ्रमणमा जानेहरुमा यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी रहेका छन् । टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु, १० जना पशु चिकित्सक र ५ जना वनका रेन्जर रहेका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका उपसचिव शिवदत्त बरालका अनुसार १९ जना सांसदहरु उक्त भ्रमण टोलीमा रहेका छन् ।
यसअघि समितिको बैठकमा बाँदर नियन्त्रणको विषयमा सांसदहरुले आवाज उठाएका थिए । बाँदरका कारण किसानका बाली नष्ट भएको भन्दै नियन्त्रणका लागि राज्यले पहलकदमी लिनुपर्ने उनीहरुको माग थियो । यसअघि, कृषि समिति सभापति आरजु राणाले करिब बीस जना सांसद भारतको हिमाचल राज्यमा बाँदरको बन्ध्याकरणमार्फत नियन्त्रणको कामबारे अध्ययन गर्न जान लागेको जानकारी सभामुखलाई गराइसकेकी छन् ।
गत माघ ७ गते सभामुखसँग भएको संसदीय समितिका सभापतिहरुसँगको छलफलका क्रममा उनले आफूहरु हिमाचल राज्य जाने तयारीमा रहेको जानकारी गराएकी थिइन् ।
सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - ०८:५०
काठमाडौं । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूर...
पौष २४ गते, २०८१ - ०८:०५
महोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अ...
पौष २४ गते, २०८१ - ०८:०५
महोत्तरी । सामाजिक रुपान्तरण र समृद्धिको लागि कम्युनिष्ट पार्टीहरु एक ठाउँमा हुनुपर्नेमा प्रगतिशिल लेखक संघले जोड दिएको छ । संघका केन्द्रिय अ...
पौष २४ गते, २०८१ - ०७:३०
काठमाडौं । लक्ष्मी सनराइज बैंकको वार्षिक साधारण सभा आज (पुस २४ गते) बस्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०...
पौष २४ गते, २०८१ - ०७:०५
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प...
पौष २३ गते, २०८१ - २१:१७
सोलुखुम्बु । आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ ...
पौष २३ गते, २०८१ - २१:१७
काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दोस्रोपटक बयानका निम्ति बोलाइएका कांग्रेस उपसभापति धनराज गुरुङले फेरि पनि पत्नीले...
पौष २३ गते, २०८१ - २१:११
काठमाडौं । जनता समाजवादी पार्टी नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमु...
पौष २३ गते, २०८१ - १४:२९
ब्यापारीको दानमा पाइने घरमा पार्टी कार्यालय राख्न नहुने
पौष २३ गते, २०८१ - १४:२३
प्यूठान । नेपाली कांग्रेस प्यूठानमा दुई गुटको विवाद सतहमा आएको छ । जिल्लामा पहिले इतर समूहको प्रभाव देखिए पनि अहिले संस्थापन समूहको प्रभाव बढेको नेताह...
प्रतिकृया लेख्नुहोस्: