Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

ठेक्का लिएर सडक अलपत्रपार्ने सांसदविरुद्ध रामेछापका मतदाता आन्दोलित

धोएर सुकाउन राखेको लुगा धुलो नटकटकाइ लगाउनै सकिँदैन

खबरडबली संवाददाता

रामेछाप । आफैंले चुनाव जिताएका सांसदले विकास आयोजना अलपत्र पारेपछि सास्तीमा परेका रामेछापका जनताले ठेकेदारसमेत रहेका सांसद विरुद्ध आन्दोलित भएका छन् । डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको ठेक्का तीन वर्ष बितिसक्दा पनि सडक कालोपत्र नभएपछि स्थानीय आन्दोलित भएका हुन् ।

रामेछाप सदरमुकाम जोड्ने मन्थली–चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो । ठेक्का सम्झौतामा उल्लेखित सात किलोमिटरमध्ये अहिलेसम्म जम्मा २ किलोमिटरमात्रै कालोपत्रे भएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक सरोकार तथा संघर्ष समिति चिसापानीले सांसद समेत रहेका ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) लाई १० बुँदे ध्यानाकर्षण समेत गराएको छ । सो सडकको ठेक्का सांसद कान्छारामकै निर्माण कम्पनीले पाएको थियो । उनी रामेछापमा गठबन्धनबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

सांसदको जिम्मेवारी काममा ढिलासुस्ती भए जनताको पक्षबाट खबरदारी गर्ने हो । तर, उनैले ठेक्का लिएर काम अलपत्र पारेपछि जनता उनलाई खबरदारी गर्न बाध्य भएको  चिसापानीका नरेश श्रेष्ठले बताए । उनले भने, ‘कान्छाराम माननीयले ठेक्का लिएका सडक अलपत्र छन् । चिसापानीमा अरु ठेकेदारले लिएका विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका संरचना पनि अस्तव्यस्त र अपूरा छन्, उक्त आयोजना पूरा गर्न अन्य ठेकेदारलाई दबाब दिन सांसद तामाङसमक्ष स्थानीयले आग्रह गर्दा उनले चासो दिएका छैनन् । उनी आफैंले ठेक्का अलपत्र पारेका छन् ।’

सरोकार समितिले सात दिनभित्र निर्माण सुरू नगरे ठेकदार र तालुकदार निकायविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको संघर्ष समितिका संयोजक प्रकाश श्रेष्ठले बताए । सडक अलपत्र छाडेर सांसद तामाङले जनताको स्वास्थ्यसँग खेलवाड गरिरहेको स्थानीय सुभास श्रेष्ठले बताए ।

श्रेष्ठले भने,‘धोएर सुकाउन राखेको लुगा धुलो नटकटकाइ लगाउनै सकिँदैन । माननीयज्यूले नै सडक निर्माणको काम अलपत्र पारेर हामीलाई दुःख दिइरहनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीलाई चिसापानीसँग जोड्ने मुख्य सडक तीन वर्षदेखि अलपत्र र लथालिंग अवस्थामा छ । हिउँदमा धुलोले स्थानीयलाई हैरान पार्छ भने वर्षामा हिलो भएर हिँडिसाध्य हुँदैन ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७६र०७७ मा पक्की सडक निर्माणका लागि टेन्डर आह्वान हुँदा एमएस कान्छाराम कन्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । जसका सञ्चालक सांसद तामाङ हुन् ।

तामाङको निर्माण कम्पनीले २०७७ असार २७ गते भ्याटसहित १९ करोड १ हजार ४ सय ५० रूपैयाँमा ठक्का लिएको थियो । निर्माणको काम ८० प्रतिशत पूरा भएको देखाउँदै कम्पनीले १५ करोड ३२ लाख ७६ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी लिइसकेको छ ।

काम भने जम्मा दुई किलोमिटर मात्रै भएको छ । तामाङले नक्कली प्रगति प्रतिवेदन देखाएर भुक्तानी लिएको संघर्ष समितिका संयोजक श्रेष्ठले बताए । सडक निर्माणका लागि पटक-पटक ताकेदा गर्दा पनि सुनुवाइ नभएपछि स्थानीय आन्दोलित हुनुपरेको स्थानीय रवीन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार मन्थली नगरपालिका-८ को वडा कार्यालयको अग्रसरतामा २०७९ पुस ६ गते निर्माण व्यवसायी र स्थानीयबीच भौतिक पूर्वाधार कार्यालय रामेछापमा बैठक बसेको थियो ।

बैठकमा २०७९ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने सहमति भएको थियो । तर, सहमति भएको पनि १० महिना बित्दा पनि निर्माण कम्पनीले काम सुरू नगरेपछि आन्दोलित हुनुपरेको स्थानीय घनश्याम श्रेष्ठले बताए । 

भौतिक पूर्वाधार विकास कार्यालय प्रमुख वीरेन्द्र बज्राचार्यले निर्माण व्यवसायीले समयमा नै काम नगर्दा जनताले समस्या भोग्नु परिरहेको बताए । निर्माण कम्पनीलाइ पटक-पटक ताकेता गर्दा समेत निर्माणमा ढिदाइ भइरहेकाे उनकाे भनाइ छ । 

गत मंसिर १५ गते व्यवसायीले सडक निर्माण तुरुन्त थाल्ने लिखित सम्झौता पनि गरेका थिए । त्यो सम्झौता भएको दुई महिना बितिसक्दा पनि सांसदले काम थालेका छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधानको विरोध गर्नेहरुलाई पक्राउ गरेर देखाउन ओली सरकारलाई लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय...

प्युठानमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

प्युठान । प्युठानमा १९ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगी...

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा३ माझिगाउँ आसपास केन्द्रबि...

संविधान दिवसमा नेपाल टेलिकमको नयाँ अफर

काठमााडौं ।   संविधान दिवसमा नेपाल टेलिकमले नयाँ अफर सार्वजानिक गरेकको  छ ।  सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने छ । ...

चितवनमा फेरि जान्नेलाई छान्ने चान्स आउने भयोः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम...

बर्दियामा महिलाको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–५ स्थित तर्कापुर एकजना महिलाको हत्या भएको छ । बारबर्दिया बस्ने ३९ वर्षीय मिना थारुको हत्या भएको जि...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि ...

विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने कम्पनी पल्टियो टाट, मन्दी नै आएको हो ?

काठमाडौं । विश्वप्रसिद्ध टाइटानिक बनाउने १६३ वर्ष पुरानो बेलायती कम्पनी हारल्यान्ड एन्ड ऊल्फले आफूलाई टाँट पल्टिएको छ। कम्पनीले आफ्नो सञ्चालनका लाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy