Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सत्तारुढ गठबन्धनको बैठकः कोशीको हारलाई गम्भीरपूर्वक फेरि समीक्षा गर्ने

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचकाे क्रममा कोशी प्रदेशमा भएको हारलाई गम्भीरपूर्वक समिक्षा गर्ने भएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूकाे बैठकले मंगलबार गम्भीरतापूर्वक लिने निर्णय गरेकाे हाे । 

राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोशी प्रकरणलाई गम्भीरतापूर्वक लिएर समीक्षा गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

लेखकले भने, ‘कोशीमा आएको नतिजा गम्भीर छ । यो चिन्ताजनक छ । बैठकपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड) वा कांग्रेस सभापति (शेरबहादुर देउवा) को मात्रै नभएर गठबन्धनका सबैको विषय हो । सबैको उम्मेदवार भएको हुनाले यसमा कसमा कसको के भयो भन्ने भन्दा पनि अहिले प्रारम्भिक छलफल भयो ।’

उनले थप्दै भने, ‘जुन परिणाम आयो यो अप्रत्याशित छ, गम्भीर छ । त्यसकारण यसबारेमा अलि गम्भीरतापूर्वक छलफल गर्नुपर्छ भन्ने भएको छ ।’ उनले गठबन्धनका १९ जना उम्मेदवार नै साझा उम्मेदवारका रुपमा रहेको र सबैको सरोकारको विषय समेत बनेकाले यसबारे थप छलफल गर्दै जाने लेखकले बताए । 

राष्ट्रियसभाको निर्वाचनमा ६ प्रदेशमा कुनै तनाब नभए पनि कोशीमा भने नेकपा (माओवादी केन्द्र) की चम्पादेवी कार्की पराजित भएकी थिइन् । त्यहाँ नेकपा (एमाले) की रुक्मिणि कोइरालाले जितेकी थिइन् । 

प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यको निर्वाचनको विषयलाई मुख्य एजेन्डा बनाएर बैठक आह्वान गरेका थिए । कोशीको मतपरिणामलाई लिएर माओवादी केन्द्रको मात्र नभई सत्ता गठबन्धनमा रहेका अन्य दलको पनि चासो रहेको भन्दै नेता लेखकले यो विषयले यसले गठबन्धनमा प्रतिकुल असर नगर्ने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यप...

एन्फा महिला लिग: एपिएफको १९ गोल

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार ...

प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूतबीच भेट

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच भेटवार्ता भएको छ। दुवै जनाबीच सैनिक मुख्यालय जङ्गी अड्डाम...

बागमती प्रदेशसभाबाट ३ विधेयक सर्वसम्मत पारित

मकवानपुर । आइतबार र सोमबार दुईदिन बसेको प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाका दुईवटा समितिबाट दफवार छलफलपछि आएका प्रतिवेदन सहितका ...

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्ला । यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारा...

चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना

बेइजिङ । वासिङ्टनले चिनियाँ र रुसी प्रविधि प्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकाला...

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढ्याे

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो ...

नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु

रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका स्थित एकजना जितिया ब्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।  राजदेवी ८ लक्ष्मिपुर गाउँ छे...

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् ।  उनले सोमबार ने...

एनपीएलका लागि राखेपमा हेल्प डेक्स स्थापना

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy