चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेबीच छलफल भएको छ । महानगरका युवाहरुलाई लगानी गरी रोजगारी प्रदान गर्न महानगर र कोषबीच सहकार्य गर्ने विषयमा छलफल भएकाे हाे ।
भरतपुर महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गर्न विभिन्न कार्यक्रमको अवधाराणा अंगिकार गर्दै आइरहेकाले कोषको प्रस्तावमा सकारात्मक रहेको प्रमुख दाहालले बताईन् । महानगरले अघि पनि स्वरोजगारी कार्यक्रममार्फत व्यवसाय गर्न चाहाने उद्यमीलाई ब्याज तिर्ने गरी कर्जा दिने गरेको थियो ।
कोषले सुरक्षण कार्यक्रममार्फत बैंक वित्तीय संस्थाले प्रवाह गरेको लघु तथा विपन्न वर्ग कर्जा, कृषि कर्जा, साना मझौला उद्यम कर्जा लगायतका अन्य विविध कर्जाहरुको सुरक्षण गर्दै आइरहेको अधिकृत घिमिरेले बताए ।
सूचना प्रविधि तालिमका लागि बैंक तथा वित्तीय संस्थाबाट विनाधितो अधिकतम् रु ५ लाखसम्मको कर्जा ३ वर्ष अवधिको लागि प्रशिक्षार्थीले प्राप्त गर्नेछन् । उक्त कर्जाको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ ।
कर्जाको पहिलो वर्षको व्याज र कर्जा सुरक्षण शुल्कमा महानगरको अनुदान रहने प्रस्तावनामा उल्लेख छ । अनुदान प्रयोजनका लागि महानगरले आफ्नो क्षेत्रभित्रका प्रशिक्षार्थीमा प्रवाहित कर्जाको २५ प्रतिशत रकम सुरक्षण कोषको रुपमा निक्षेप तथा कर्जा सुरक्षण कोषमा राख्नुपर्ने व्यवस्था छ ।
सुरक्षण कोषको स्वामित्व महानगरमा नै रहने र कोषको सुरक्षण दायित्व समाप्त भए पश्चात बाँकी रकम महानगरमा नै फिर्ता हुने गरी कार्यक्रममा प्रस्तावित गरिएको छ । स्वदेशी बसाई विदेशी कमाई, बैंकको लागनी सरकारी जमानी मुल नारा सहित सूचना प्रविधिसँग सम्बन्धित स्थानीय तथा अनलाइन रोजगारी बजारमा उपलब्ध रोजगारीका लागि शिक्षित युवाहरुलाई आवश्यक सीप विकास गराउने उदेश्य कार्यक्रमले राखेको संस्थाले जनाएको छ ।
प्रस्तावित कार्यक्रमबाट तालीमका लागि बैंक तथा वित्तीय संस्थाबाट प्रशिक्षार्थीले सहज र सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेछन् । तालीम पश्चात रोजगारीको सुनिश्चितता हुने र उक्त रोजगारीबाट नेपालको युवा जनशक्ति पलायन रोकिने, विदेशी मुद्रा आर्जन हुने अपेक्षा राखिएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेल र कोषका कर्मचारीको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: