काठमाडौं । यस साताभरमा सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो हप्ताको तुलनामा यस साता सुन तोलामा एक हजार ५०० रुपैयाँले वृद्धि भएको हो।
आइतबार प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको सुनको मूल्य साताको दोस्रो दिन अर्थात् सोमबारदेखि कारोबार भएको दिनसम्म बढेको पार्ईएको छ । सुनको मूल्य कारोबारमा साताको अन्तिम दिनसम्म बढेर प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ पुगेको हो।
नेपाली बजारमा यस साता चाँदीको मूल्यमा समेत सामान्य वृद्धि भएको छ । साताभरमा चाँदी तोलामा १५ रुपैयाँले महँगिएको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँ रहेको थियो । त्यसपछि, चाँदीको मूल्य सोमबार र मङ्गलवार बढेको थियो ।
त्यसै गरी मङ्गलवार प्रतितोला एक हजार ४२० रुपैयाँ पुगेको चाँदीको भाउ बिहीबार भने घटेर प्रतितोला एक हजार ४१० रुपैयाँमा झरेको थियो । शुक्रवारका दिन भने चाँदीको भाउ बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी यससाता विश्व बजारमा सुनको मूल्यमा वृद्धि भएकोले नेपाली सुन बजारमा सुन महँगिएको हो । साताको पहिलो दिन देखि साता भर नै निरन्तर मूल्य बढेको छ । यो वर्ष मूल्यले थप नयाँ उचाइ लिन सक्ने विश्लेषकहरूको अनुमान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: