कैलाली । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका वडाबाट दैनिक २० देखि २५ टनसम्म फोहर सङ्कलन हुँदै आएको छ । सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो ।
झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, आल्मुनियम, टायर र ट्युबलगायत नकुहिने फोहर सङ्कलन गरी बिक्री गरिने उपमहानगरपालिकाले जनाएको छ ।
नगरले बजार क्षेत्रका नौवटा वडाबाट सङ्कलन गरिएको फोहर सुक्ष्म वर्गीकरण गरेर बिक्रीका लागि तयार गरेको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले बताए । धनगढी–२ मा एक बिघा जग्गा वार्षिक रु ८८ हजार आठ सय ८८ मा भायामा लिएर सूक्ष्म वर्गीकरण केन्द्र स्थापना गरिएको उनले जानकारी दिए ।
सो वर्गीकरण केन्द्रमा रु १९ लाखका उपकरण तथा संरचना निर्माण गर्नुका साथै रु सात लाखको घेरबारसमेत गरिएको जनाइएको छ । अवस्थीका अनुसार उपकरणका लागि आवश्यक विद्युत् जडान गरेर दुई जना प्राविधिकसहित १२ जनाले गत वैशाखदेखि उक्त केन्द्र सञ्चालनमा ल्याएका छन् । केन्द्रले रु १३ लाख ५१ हजारमा नकुहिने फोहर बिक्रीका लागि तयार गरी बोलपत्र आह्वान गरिसकेको उहाँले जानकारी दिए।
उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख अवस्थीले पहिलो पटक फोहर बिक्रीबाट रु १३ लाख ५१ हजार आम्दानी हुने बताए । उनका अनुसार वर्गीकृत फोहरलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढेको छ ।
विगतका वर्षमा उपमहानगरले बजार क्षेत्रबाट सङ्कलन भएको फोहर नदी किनार तथा जङ्गल क्षेत्रमा थुपार्दै आएकामा पहिलो पटक सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याएर आम्दानी गर्ने भएको हो ।
उक्त आम्दानीबाट केन्द्रका कर्मचारी, विद्युत् शुल्क, फोहर सङ्कलन गर्ने कर्मचारी तथा गाडीमा लाग्ने इन्धनको खर्चको व्यवस्थापन गर्ने उपमहानगरपालिकाको योजना छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १४:२५
सुर्खेत । सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार, सुर्खेत बराहताल गाउँपालिका...
चैत्र २ गते, २०८२ - १४:०६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी निर्णय गरेको विरोधमा क्लबहरू आन्दोलित बनेका छन्। सोमबार प...
चैत्र २ गते, २०८२ - १३:४३
कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...
चैत्र २ गते, २०८२ - १३:३०
काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...
चैत्र २ गते, २०८२ - १३:१९
कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...
चैत्र २ गते, २०८२ - १३:०९
इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...
चैत्र २ गते, २०८२ - १२:५६
काठमाडौँ । पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिगत उपलब्धि भन्दा पनि देशको जीत नै सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्। मल्लले क्रिकेटबाट सिकेको ...
चैत्र २ गते, २०८२ - १२:४१
काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र सरकारका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर...
चैत्र २ गते, २०८२ - १२:२६
नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भ...
चैत्र २ गते, २०८२ - १२:२२
इनरुवा। सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग...


प्रतिकृया लेख्नुहोस्: