Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

हरिवनमा ‘ड्रोन’मार्फत जग्गाको नापजाँच

खबरडबली संवाददाता

सर्लाही । सलार्हीको हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुआत गरेको छ । नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच थालिएको हो । 

दुई महिनाभित्रमा  नगरपालिकाभित्रका ११ वटै वडामा जग्गाको नापजाँच गर्ने काम सम्पन्न हुने  हरिवन नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए ।
हरिवन –१ स्थित कोठीखोला र सिकारी टोलबाट ड्रोनमार्फत जग्गाको नापजाँच शुभारम्भ गरिएको छ । 

सो प्रविधि मार्फत जग्गा नापजाँच गर्दा जनशक्ति तथा समयको पनि बचत हुने भएकाले चाँडै नै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्न सजिलो हुने नगर उपप्रमुख हरिमाया घलानले बताए । 

उनले ड्रोन तथा डिजिपीएस प्रणालीको विधिबाट काम गर्दा अन्यभन्दा १० गुणा बढी प्रभावकारी हुने भएकाले पनि ड्रोनको प्रयोग सुरु गरिएको जानकारी दिए ।

हरिवन–१ का  विभिन्न स्थानको अभिलेख तयार गरी नापी  र मालपोत कार्यालय हरिवनको समन्वयमा राष्ट्रिय भूमि आयोग सर्लाहीमा पेस गरिने भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई छिट्टै जग्गाधनी पुर्जा प्रदान गरिने हरिवन नगरपालिको भूमि सेवा केन्द्रका प्रमुख सुवाश कुशवाहाले बताए । 

उनका अनुसार  नगरपालिकाभरि भूमिहीन सुकुम्बासी एक हजार २०, भूमिहीन दलित दुई सय ९१ र अव्यवस्थित बसोबासी दुई हजार पाँच सय २१ जनाको फारम हालसम्म अनलाइनमा प्रबिष्ट गरिइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी, लम्जुङ र बाराबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् । सुनसरी, लम्जुङ र बाराबाट अवैध लागूऔषधसहित प्रहरीले चार।जना नियन्त्रणमा लिएको ह...

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाहीमा

भक्तपुर । भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीको कारबाहीमा प...

शर्मिलाले चुमिन छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज

काठमाडौं  । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्धारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्म...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

पर्सा ।  सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।  साथै उ...

दुई अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा  दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत...

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ ।  पार्टीको र...

विश्वकप खेल्ने सन्दीपको बाटो खुल्यो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाए सँगै विश्वकप खेल्ने बाटो खुलेको छ । उनलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला बदर ...

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छः एमाले अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताएका छ...

कर्नालीवासीको आयु बढेकै हो त ?

काठमाडौं ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरूले नेपालीको औसत आयु ७१.३ ...

वर्षाैँदेखि प्लास्टिकको बोतलमा चामल भरेर उत्तर कोरिया पठाइ रहेछन् जंग-ओ

किन पठाउँछन उनी प्लास्टिकको बोतलमा चामल ?

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies