काठमाडौ। बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ६१.४१५ ले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ लाख ६२ हजार रुपैयाँमा सीमित भएको जनाएको छ ।
कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा भने ८२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । बुद्धभूमिको विद्युत बिक्रीबाट आम्दानी बढेपनि प्रशासनिक खर्च र वित्तीय लागतमा वृद्धि भएपछि खुद नाफामा कमी आएको हो । यसअवधिमा विद्युत बिक्रीबाट ९ करोड ५४ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको ८ करोड ४८ लाख ४८ हजार रुपैयाँको तुलनामा १२.५४ प्रतिशत धेरै हो ।
प्रशासनिक खर्च ८४ लाख ५९ हजार रुपैयाँबाट बढेर १ करोड ३१ लाख रुपैयाँ पुगेको छ। वित्तीय लागत ३ करोड ५९ लाख ५६ हजार रुपैयाँबाट बढेर ५ करोड ५१ लाख ७ हजार रुपैयाँ पुगेको हो । खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित बनेको छ ।
प्रतिसेयर आम्दानी २.६० रुपैयाँले घटेर १.६३ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ ९१.८३ रुपैयाँ छ । यसको सेयर पुँजी ४० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १६ गते, २०८२ - १४:४१
दुबई । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन...
फाल्गुन १६ गते, २०८२ - १४:३०
बैतडी। ज्वरोको लक्षण देखिएको एकै घरका दुई जना बालकको पाँच दिनको फरकमा मृत्यु भएको छ। मृतक बालकमा उच्च ज्वरो आउने, रिङटा लाग्ने, ओठ सुक्ने र बान्ता हुन...
फाल्गुन १६ गते, २०८२ - १४:१३
काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको...
फाल्गुन १६ गते, २०८२ - १४:०६
हुम्ला। गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५, हिल्सा सडक खण्ड र वडा-६ मा पर्ने न्यालु सडक खुलाउनका लाग...
फाल्गुन १६ गते, २०८२ - १४:००
इस्लामाबाद। अफगानिस्तानमा गरेको हवाई कारबाहीका विषयमा पाकिस्तानले अन्तर्राष्ट्रिय तहमा समर्थन पाएको छ । संयुक्त राज्य अमेरिकाले तालिबान आक्रमणविरुद्ध ...
फाल्गुन १६ गते, २०८२ - १३:३०
गुल्मी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई दोषी देखाउँदै रुखमा बाँधेर देश नबन्ने बताएका छन्। गु...
फाल्गुन १६ गते, २०८२ - १२:५१
सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भविष्य तय गर्ने दाबी गरेको छ । ...
फाल्गुन १६ गते, २०८२ - १२:१०
काठमाडौं । काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पक्षमा देशैभरबाट उत्साहजनक प्रत...
फाल्गुन १६ गते, २०८२ - ११:३२
कञ्चनपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका सहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी निकै बढेको छ ...
फाल्गुन १६ गते, २०८२ - ११:१८
रौतहट। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटका चारवटै निर्वाचन क्षेत्रका ७७ जना उम्मेदवारले हालसम्म निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस...



प्रतिकृया लेख्नुहोस्: