Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

माधव नेपाल विदेशी भ्रष्टाचारीको मतियार भएको ओलीको आरोप

खबरडबली संवाददाता

रौतहट । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओललीले माधवकुमार नेपाललाई विदेशी भ्रष्टाचारीको मतियार भएको संज्ञा दिएका छन् । सीमित स्वार्थको निमित सिङ्गो नेकपा फुटाउने नेपालले गठबन्धनलाई घर भनेको भन्दै ओलीले चर्को आलोचना गरेका छन् ।

नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा उद‍्घाटन गरेपछि बिहीबार गरुडामा सभालाई सम्बोधन गर्दै ओलीले नेपालको चर्को आलोचना गरेका हुन् ।

'एउटा अनलाइन हेर्दा माधव नेपालले केपी ओलीसँग बोलचाल बन्द भनेका थिए । नेपालसँग बोलचाल नहुँदा के विग्रिन्छ?,' ओलीले भने । विदेशी, प्रतिक्रियावादी शक्ति,  जनविरोधी, विकास विरोधी, सुशासन विरोधी, भ्रष्ट तत्वहरूको मतियार भएर नेपाल उनीहरूकै पछि-पछि हिँडिरहेको ओलीको टिप्पणी छ ।

'माधव जीले गठबन्धन भत्किन दिन्न, गठबन्धन भत्काउदिन, गठबन्धन भत्किने गरी काम गर्दिन, घरमा आगो लगाउदिन, यो मेरो घर हो भन्नु भयो । उहाँलाई नेकपा एमालेले १५ वर्षसम्म प्रमुख पदमा बसायो, उपप्रधानमन्त्रीदेखि प्रधानमन्त्री बनायो, पार्टीले सबै थोक दिएको र आफैले बनाएको विशाल घरबाट दुई तिहाईको पार्टीलाई तोडफोड गर्ने सरकार ढाल्ने, ६ प्रदेशको सरकारलाई ढालेर कांग्रेससँग टासिने,' उनले भने । 

गठबन्धन भत्किएपछि त्यो घर होइन भनेर त्यतिबेलामात्र नेपाललाई थाहा हुने उनले दाबी गरे । त्यसैगरी आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पछाडी गएका एमालेका कार्यकर्तालाई पनि उनले पार्टीमा फर्किन आग्रह गरेका छन् ।

उनले प्रभुको पुच्छर समातेर बैतरणी पार नहुने भएकाले ससम्मान एमालेमा फर्किन सुझाव दिएका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending