Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

फागुन पहिलो साता पोखरामा ‘नेपाल साहित्य महोत्सव’

खबरडबली संवाददाता

गण्डकी । एघारौँ संस्करणको नेपाल साहित्य महोत्सव आगामी फागुन ३ देखि ७ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ । बुकर्वम फाउन्डेसनको आयोजना, पोखरा महानगरपालिकाको प्रवर्द्धन र सूर्य नेपाल गाथाको सहयोगमा महोत्सव हुन लागेको हो । 

महोत्सवमा देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादकलगायत विशिष्ट व्यक्ति सहभागी हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा ५५ भन्दा बढी छलफल सत्र, साङ्गीतिक साँझलगायत विविध प्रस्तुति राखिएको आयोजक संस्थाका सदस्य केशवशरण लामिछानेले बताए । 

महोत्सवका अवसरमा ‘वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू’ पुस्तक विमोचन तथा कार्टुन प्रदर्शनी, ‘गोर्खा वुमन ः एन इको इन द स्टोरी’ तस्बिर प्रदर्शनी पनि आयोजना गरिएको उनको भनाइ छ । विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस’का लेखक काई बर्डको पनि महोत्सवमा सहभागिता रहने जनाइएको छ । उक्त पुस्तकले विश्वप्रसिद्ध पुलित्जर पुरस्कारसमेत जितेको थियो । 

महोत्सवमा प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि सहभागी हुने लामिछानेले जानकारी दिए । समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरी पनि महोत्सवमा आउने उनले बताए । महोत्सवमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिनहुनेछ । 

यस्तै पत्रकार विजयकुमार, सांसद एवं अर्थशास्त्री डा स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडालगायतको सहभागिता रहनेछ । 

यसैगरी अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वअर्थमन्त्री वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । नेता सिके राउत, लेखक खगेन्द्र सङ्ग्रौला, प्रा डा कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवं उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री बिमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैङ्कर अनिलकेशरी शाह, प्रा कुसुम शाक्य, नेत्री समीक्षा बाँस्कोटालगायतको पनि सहभागिता रहनेछ । 

गायक बद्री पङ्गेनी, गजलकार एवं लेखक शीतल कादम्बिनी, कवि डा नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायतको सहभागिता पनि रहने आयोजकले जनाएको छ ।

महोत्सवमा हरेक दिन सांङ्गीतिक प्रस्तुति रहनेछन् । कुटुम्ब ब्यान्ड, डा ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्डआदि समूहको साङ्गीतिक प्रस्तुति रहनेछ । 

महोत्सवको पहिलो दिन फागुन ३ मा दिउँसो २ः३० बजेदेखि उद्घाटन सत्र सञ्चालन हुने आयोजकले जनाएको छ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत्प्रवचनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । महोत्सवमा फागुन ४ देखि ७ गतेसम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुनेछन् । महोत्सवमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । 

कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजक संस्थाका सदस्य भरत कोइरालाले बताए । पोखरा र नेपाल साहित्य महोत्सव एक अर्काका पर्याय बनिसकेको उनको भनाइ छ । महोत्सवले पोखरालाई सभ्य एवं सुसंस्कृत सहरका रुपमा चिनाउँदै लगेको कोइरालले बताए । 

सन् २०११ मा ललितुपरको झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको उक्त महोत्सव एघारौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यताकासाथ आयोजना हुने अवस्थामा आइपुगेको नेपाल साहित्य महोत्सवका निर्देशक नीरज भारीले बताए । 

महोत्सवमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवं सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनको भनाइ छ । सचेत र सुसंस्कृत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने निर्देशक भारीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending