काठमाडाैं । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँचजना पक्राउ परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखरतालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-७ बस्ने २९ वर्षीय रामकृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाराकाे परवानीपुर गाउँपालिका-४ चैनपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित पर्सा बहुदरमाई नगरपालिका-२ बैरिया टोल बस्ने २७ वर्षीय अरूण मिया अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले भे.१ ज १२०४ नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कपिलवस्तुकाे वाणगंगा नगरपालिका-११ देउपारस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय १० मिलिग्रामसहित रूपन्देही बुटवल उपमहानगरपालिका-१२ बस्ने २२ वर्षीय तिलक थापालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले लु.४१ प ९७६८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक थापालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङकाे कटहरी गाउँपालिका-६ बस्ने कपिलदेव सहनीलाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा कटहरी गाउँपालिका-४ बस्ने ३३ वर्षीय सोहन सहनीको संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा १ किलो फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - २०:५८
काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...
आश्विन ६ गते, २०८१ - २०:४७
बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...
आश्विन ६ गते, २०८१ - २०:३८
चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...
आश्विन ६ गते, २०८१ - २०:३१
एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...
आश्विन ६ गते, २०८१ - २०:२२
रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...
आश्विन ६ गते, २०८१ - २०:१७
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् । आइतवार सिंहदरबारमा संव...
आश्विन ६ गते, २०८१ - १९:२२
विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आइतबार सत्तापक्षीय संसदीय दलको संय...
आश्विन ६ गते, २०८१ - १९:१९
क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...
आश्विन ६ गते, २०८१ - १९:१५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...
आश्विन ६ गते, २०८१ - १९:०८
काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...
प्रतिकृया लेख्नुहोस्: