Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : पूर्वअर्थमन्त्री पौडेल

खबरडबली संवाददाता

गण्डकी । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणको आप्रवाह, विदेशी मुद्राको सञ्चितिलगायत अर्थतन्त्रका कतिपय सूचकमा सामान्य सुधार देखिएको बताएका छन् । 

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औँ केन्द्रीय परिषद्को पोखरामा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिए पनि समस्याबाट भने मुक्त भइनसकेको विचार राखे । 

“राजस्वले साधारण खर्च पनि धान्न नसक्ने स्थिति छ, आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब र सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ”, पूर्वअर्थमन्त्री पौडेलले भने, “सरकारले राष्ट्रिय गौरवका विकास आयोजनाको भुक्तानीसमेत दिन सकिरहेको छैन, वैदेशिक ऋण र अनुदानमा कटौती भएको छ ।”

पूँजीगत खर्च न्यून भएको भन्दै उनले राजस्वको परिचालन सन्तोषजनक नरहेको धारणा राखे । माग, आपूर्ति, उत्पादन, आयात, निर्यात आदि घट्दा अर्थतन्त्र सुस्ताएको पौडेलले बताए । विदेशी मुद्राको सञ्चिति बढे पनि सरकारले उपयुक्त काममा विदेशी मुद्रालाई खर्च गर्न नसकेको उनको भनाइ छ । 

अर्थतन्त्रलगायत मुलुकका सबै क्षेत्र दुरुस्त हुन पहिले राजनीति दुरुस्त हुनुपर्ने एमाले उपाध्यक्षसमेत रहेका पौडेलले बताए । संसद्मा रहेको अङ्कगणितका कारण तत्काललाई वर्तमान सरकारको कुनै विकल्प नेदिखएको उनले बताए । 

नेपाल टेलिकमलाई सक्षम व्यवस्थापन र गुणस्तरीय सेवाका आधारमा प्रतिस्पर्धी कम्पनी बनाउन सकिने भन्दै उनले त्यसतर्फ सक्रिय हुन सङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending