Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

महोत्सव अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क

खबरडबली संवाददाता

नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवमा अवलोकनकर्तालाई दूध र अण्डा निःशुल्क उपलब्ध गराइएको छ ।

महोत्सव आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घको आग्रहअनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराएको हो । 

शुक्रबारदेखि सुरु महोत्सवभित्र स्टल राखेर अवलोकनकर्तालाई एक कप दूध र एक–एक वटा उसिनेको अण्डा वितरण भइरहेको विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिए । उनका अनुसार मेला–महोत्सवलाई सहयोग पुर्‍याउन कार्यालयलाई प्राप्त बजेट र अन्य निकायसँगको सहकार्यमा अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराइएको हो ।

“विगतका वर्षमा मेला आयोजकलाई एकमुष्ट नगद सहयोग गर्ने गरिएको थियो”, अधिकृत पाण्डेले भने, “सहयोग गरिएको रकम लक्ष्यअनुसार खर्च गराउन चुनौती देखिएपछि महोत्सव अवलोकनकर्तालाई दूध र अण्डाको नियमित सेवनको महत्वको प्रचारसहित उपलब्ध गराइएको हो ।”

महोत्सवमा दैनिक औसत दुई सय ५० लिटर दूध र पाँच हजार वटा हजार अण्डा खर्च भएको छ । मेला अवधिभरका लागि दूध र अण्डा निःशुल्क पुर्‍याउन कार्यालयको बजेट अपुग हुने भएकाले सहयोगी निकायसँग सहकार्य भइरहेको विज्ञ केन्द्रका प्रमुख डा रामप्रकाश प्रधानले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार उद्घाटन गरेकाे आठौँ नुवाकोट महोत्सव आगामी फागुन ७ गतेसम्म चल्ने आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

‘ऐतिहासिक, धार्मिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकास ः नुवाकोट संस्कृतिको निकाश’ भन्ने नारासहित जारी महोत्सवले जिल्लाका किसानले उत्पादन गरेका कृषि उब्जनीको बिक्री तथा प्रदर्शनी, धार्मिक र सांस्कृतिकस्थल तथा सम्पदाको प्रचारप्रसारमा जोड दिन केन्द्रित गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, यस्तो छ नेपालको प्लेइङ- ११

काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिल...

बागलुङमा दुई वर्षदेखि खेलमैदान अलपत्र

बागलुङ । बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट...

भरतपुरको मुख्यबजार क्षेत्रको ६ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्त...

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके निर्वाचित

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भए...

रौतहट राजपुरका दुई वडामा हैजा फैलियो

रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिराम...

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  आइतवार सिंहदरबारमा संव...

कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

विराटनगर । नेकपा एमाले-कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ ।  आइतबार सत्तापक्षीय संसदीय दलको संय...

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई...

रास्वपाका कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला हुन सर्कुलर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा ...

पक्राउ परेका व्यवसायी प्रसाईं काठमाडौं जिल्ला अदालतमा पेस

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।  आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy