Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

यमनी गृहयुद्धको राजनीतिक समाधानका लागि छलफल

खबरडबली संवाददाता

एजेन्सी । यमनको राष्ट्रपतिय नेतृत्व परिषद्का अध्यक्ष रशाद अल–अलिमीले यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गलाई शनिबार एडेनमा स्वागत गर्दै लामो समयदेखि जारी गृहयुद्ध अन्त्यका लागि देशको राजनीतिक प्रक्रिया पुनः सञ्चालन गर्ने प्रयासबारे छलफल गरेका छन् । 

यमनका नवनियुक्त प्रधानमन्त्री अहमद अवाद बिन मुबारकको समेत सहभागिता रहेको उक्त बैठकमा ग्रुन्डबर्गको हालैको क्षेत्रीय वार्ताको परिणाम र यमनमा युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा समावेशी राजनीतिक वार्ता पुनः सुरु गर्ने उद्देश्यका साथ सहयोगीहरूसँग समन्वयात्मक प्रयासमा केन्द्रित रहेको सरकारी समाचार संस्था सबाले जनाएको छ ।

अल अलिमीले संयुक्त राष्ट्रसङ्घको मध्यस्थताले हुथी विद्रोही र उनीहरूका इरानी समर्थकहरूबाट शान्ति प्रयासप्रति गम्भीर प्रतिबद्धता प्रदर्शन गर्न शब्दमात्र होइन, ठोस कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । 

परिषद्द्वारा आइतबार जारी सार्वजनिक विज्ञप्तिमा भनिएको छ, “ताइजमाथि हुथी विद्रोहीको घेराबन्दी अन्त्य गर्ने, कोष, सामान र सरकारी कर्मचारीको तलब प्रवाहमा लगाइएको अवरोध हटाउने, सैन्य वृद्धि र नागरिक स्थलमा हुने आक्रमण रोक्ने र यमनमा मानव अधिकार उल्लङ्घन रोक्ने लगायतका विषय छलफलय भएका छन् ।”

यमन सरकारले यमनको पीडा अन्त्य गर्न र वैध शासकीय संस्थाहरूको पुनस्र्थापनाका लागि अन्तर्राष्ट्रिय प्रस्तावहरू अन्तर्गत आफ्नो जिम्मेवारी पूरा गर्न संयुक्त राष्ट्र सङ्घका राजदूतलाई सहयोग गर्न सबै सुविधाहरू प्रदान गर्न तत्परता व्यक्त गरेको छ ।

अल–अलिमीसँगको भेटबारे संयुक्त राष्ट्रसङ्घका विशेष दूतले एक संक्षिप्त प्रेस वक्तव्यमा भने, “उहाँले व्यक्तिगत रूपमा तनाव कम गर्न, यमनमा हिंसामा पुनरावृत्ति हुन नदिन र राष्ट्रव्यापी युद्धविराम र संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा राजनीतिक प्रक्रिया पुनः सुरु गर्ने दिशामा प्रगतिका उपायहरूको खोजी गरिएको छ ।”

ग्रुन्डबर्गले यमनमा रोकिएको शान्ति वार्ता पुनः सुरु गर्न अनुकूल वातावरण सिर्जना गर्न क्षेत्रीय सरोकारवालाहरूसँग सक्रिय रूपमा संलग्न हुँदै आएका छन् । 

सन् २०१४ मा इरान समर्थित हुथी समूहले यमनको राजधानी सानाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारलाई सत्ताच्युत गरेपछि यमन रक्तपातपूर्ण द्वन्द्वमा फसेको छ । यमन सरकार र हुथी विद्रोहीले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा विभिन्न चरणका शान्ति वार्तामा भाग लिए पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE