एजेन्सी । फिलिपिन्समा एउटा सुन खानी नजिकै गएको भीषण पहिरोमा परी मर्नेको सङ्ख्या आइतबार अचानक बढेर ५४ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
आइतबार मसाराको दक्षिणी पहाडी गाउँमा भग्नावशेषमुनिबाट १९ शव फेला परेको माको नगरपालिका तथा प्रान्तीय प्रकोप अधिकारी र्यान्डी लोयले बताए । उनका अनुसार अन्य ६३ खानी मजदुर र बासिन्दा अझै बेपत्ता छन् । यसअघि मृतकको सङ्ख्या ३५ बताइएको थियो ।
मङ्गलबार राति पहिरोले सुन खानी कम्पनीका कर्मचारीका लागि बस टर्मिनल र वरपरका ५५ घर पुरिँदा अन्य ३२ जना घाइते भएका छन् । एपेक्स माइनिङ कम्पनी कन्सेसन नजिकैको ठाडो पहाडबाट चट्टान, माटो र रुखहरू सात सय मिटर तल खसेर मुसारा समुदायको आठ दशमलव नौ हेक्टर भाग दबिएको छ ।
शुक्रबार तीन वर्षकी एक बालिकालाई भग्नावेशषबाट जीवित उद्धार गरिएको थियो । यसलाई उद्धारकर्मीहरूले ‘चमत्कार’ भनेका छन् । अधिकारीहरूले बेपत्ता भएकाको सूचीमा सामेल सबै फेला नपरुन्जेल खोजी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पहाडी क्षेत्र, भारी वर्षा र खानीबाट व्यापक वन फँडानी, अवैध वृक्षरोपण तथा फसल थन्क्याई आगो लगाउने कार्यले फिलिपिन्सको अधिकांश भागमा बारम्बार पहिरो जाने गर्दछ ।
दक्षिणी क्षेत्रका केही भागमा हप्तौँदेखि रोकिँदै पानी परिरहँदा दर्जनौँ पहिरो र बाढी आएका छन् । यसबाट हजारौँ मानिस आपत्कालीन आश्रयहरूमा जान बाध्य भएका छन् । हालैका महिनाहरूमा ठूलो भूकम्पले पनि यस क्षेत्रलाई अस्थिर बनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - १९:०८
काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनला...
आश्विन ६ गते, २०८१ - १९:०२
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा भूमिहीन किसान तथा सुकुम्बासीलाई ऐलानी जग्गा उपभोग गरेको निस्सा उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नम्बर–६ स्थित...
आश्विन ६ गते, २०८१ - १८:४८
काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । फा...
आश्विन ६ गते, २०८१ - १८:४४
खोटाङ । खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको...
आश्विन ६ गते, २०८१ - १८:३९
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत...
आश्विन ६ गते, २०८१ - १८:३६
काठमाडौं । आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिए...
आश्विन ६ गते, २०८१ - १८:३२
मुस्ताङ । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् ।...
आश्विन ६ गते, २०८१ - १८:२५
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकावासीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । धुँवामुक्त क्षेत्र बनाउने अभियानको सुरुवात गरेको...
आश्विन ६ गते, २०८१ - १८:२०
एजेन्सी । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१औं शताब्दीका चुनौतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरेको ‘सुरक्षित भविष्यका लागि शि...
आश्विन ६ गते, २०८१ - १८:१४
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा गोरखा आरूघाट गाउँपालिका-१० घर भई हाल काठमाडौं गोकर्ण...
प्रतिकृया लेख्नुहोस्: