एजेन्सी । यूरोपेली सङ्घ (इयू) ले रूसी तेल तथा ग्यासको खरिदमा भारी कटौती गरेपछि सन् २०२३ मा यूरोपमा हुने रूसी निर्यातमा दुई तिहाइभन्दा बढीले गिरावट आएको रूसको भन्सार कार्यालयले सोमबार जनाएको छ ।
युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न युरोपेली सङ्घ (ईयू) का देशहरूले रूसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन् ।
सन् २०२३ मा यूरोपमा हुने रूसी निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा झरेको रूसको सङ्घीय भन्सार कार्यालयलाई उद्धृत गर्दै रूसी समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ ।
यूरोपलाई देशको मुख्य ऊर्जा ग्राहकको रूपमा प्रतिस्थापन गरेको एसियामा निर्यात ५.६ प्रतिशतले वृद्धि भई ३०६.६ अर्ब डलर पुगेको रूसले जनाएको छ ।
पश्चिमा प्रतिबन्धहरूको मारमा परेपछि मस्कोले छुट्टाछट्टै देशहरूसँगको व्यापार तथ्याङ्कसहित आर्थिक तथ्याङ्कहरूको विशाल श्रृङ्खला प्रकाशित गर्न बन्द गरेको छ ।
बेइजिङ र मस्कोबीचको बढ्दो आर्थिक, व्यापारिक र राजनीतिक सम्बन्धकाबीच गत वर्ष दुई देशबीच दुईतर्फी व्यापार २४० अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सारसम्बन्धी छुट्टाछुट्टै तथ्याङ्कले देखाएका छन् ।
रूसको केन्द्रीय बैंकले पनि गत हप्ता रूसी बैंक खातामा चिनियाँ युआनको होल्डिङ पहिलो पटक अमेरिकी डलरभन्दा बढी प्गेको जनाएको थियो । रूसको वित्तीय प्रणालीले डलरमा उसको पहुँचमा प्रतिबन्धको सामना गर्दै चिनियाँ मुद्रालाई अँगालेको छ ।
रूसको समग्र व्यापार अधिशेष सन् २०२३ मा एक खर्ब ४० अर्बमा पुगेको छ । यो सन् २०२२ को तुलनामा ५८.५ प्रतिशत कम भएको छ । मस्कोले ऊर्जाबाट सङ्कलन गर्ने विशाल राजस्व यसले यूक्रेनविरूद्ध गरेको आक्रमणपछि युरोपेली मुलुकले लगाएको प्रतिबन्धका कारण गुमाएको छ भने यूरोपमा यसले उर्जाको व्यापक अभाव हुनुका साथै मूल्यवृद्धि भएको छ ।
तेल र ग्याँसको मूल्य वृद्धिका कारण यूरोपेली मुलुकले रूसबाट आयात गर्दै आएको उर्जा खरीद्लाई शुन्यमा झार्ने चेतावनीबीच रूसबाट यूरोपतर्फ जाने उर्जा बजारपूर्णरूपमा बन्द हुन सकेको छैन ।
प्रत्येक महिना अर्बौँ डलरको आम्दानी हुने ऊर्जा निर्यात रूसको बजेटको लागि राजस्वको एक महत्वपूर्ण स्रोत हो ।
इन्टरफ्याक्सका अनुसार गत वर्ष यूरोपबाट रूसी आयात पनि १२.३ प्रतिशतले घटेर ७८.५ अर्ब डलरमा झरेको थियो भने एसियाबाट खरिद गरिएका सामानको मूल्य २९.२ प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब डलर पुगेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: