Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिए

खबरडबली संवाददाता

एजेन्सी । सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकहरूले स्थायी  अमेरिकी नागरिकता लिएका छन् ।  यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो  ठूलो  सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस) द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ ।

रिपोर्ट अनुसार  गत आर्थिक वर्षमा करिब ८.७ लाख विदेशीले अमेरिकी नागरिकता लिएका थिए । योमध्ये नयाँ नागरिकहरूको कुल सङ्ख्याको १२.७ प्रतिशत अर्थात् एक लाख १० हजार मेक्सिकोका र ६.७ प्रतिशत अर्थात् ५९ हजार १६७ भारतीयहरूले अमेरिकी नागरिकता प्राप्त गरेका छन् ।

रिपोर्टका अनुसार नयाँ अमेरिकी नागरिकमध्ये ५.१ प्रतिशत अर्थात् ४४ हजार ८०० फिलिपिन्स र चार प्रतिशत अर्थात् ३५ हजार २०० डोमिनिक गणतन्त्रका थिए । अमेरिकी नागरिकता प्राप्त गर्नका लागि योग्य हुन आवेदकले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐन अनुसार निर्धारित योग्यता तथा आवश्यकताहरू पूरा गर्नुपर्दछ । 

अमेरिकी नागरिकता प्राप्त गर्न सामान्यतया कम्तिमा कानुनीरूपमा पाँच वर्ष स्थायी बसोबास गरेको हुनुपर्छ भने विशेष प्रावधानको व्यवस्थाले अमेरिकी नागरिकका पति÷पत्नीहरू र सैन्य सेवाका आवेदकलाई सामान्य आवश्यकताहरूबाट छुट दिने  यूएससीआईएस रिपोर्टले जनाएको छ । 

गत आर्थिक वर्षमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकांश व्यक्तिहरू आईएनए धारा ३१६ (क) अर्थात् कम्तिमा पाँच वर्ष बसोबास गरेको आधारमा नागरिकता प्राप्त गर्नका लागि योग्य ठहरेका थिए भने आईएनए धारा ३१९ (क) अर्थात् अमेरिकी नागरिकसँग बिहे गरेको आवेदकहरूले कम्तिमा तीन वर्षमा नागरिकताका लागि योग्य मानिएका थिए । 

गत आर्थिक वर्षमा स्थायी नागरिक भएका सबै नागरिकहरूले सात बर्ष एलपीआरका रूपमा बिताएका थिए । यसबाहेक, अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससीआईएस) अन्तर्गत आर्थिक वर्ष २०२२/०२३ मा स्थायी नागरिकता लिनेको सङ्ख्यामा अघिल्लो दशकको लगभग एक चौथाई भाग आगटेको छ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy