Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

माओवादी केन्द्रकाे विधान सम्मेलन भोलिदेखि

खबरडबली संवाददाता

काठमाडौं । सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ । 

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ । 

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य छन् । 

समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो । प्रस्तावित विधानमा यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो । गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनका तयारीका बारेमा पनि छलफल भएको थियो । 

छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई सङ्क्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

काठमाडौं । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।  इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्र...

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि  रेडियोकलर जडा...

काठमाडौं महानगरद्वारा बुद्धमाई अस्पताललाई एकलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण एक लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्...

दसैँभर कोशी प्रदेशमा २६९ दुर्घटना हुँदा १४ जनाको मृत्यु

माेरङ । कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत...

हेमांग बदानी बने दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक

काठमाडौं । पुर्व क्रिकेटर हेमांग बदानी आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बनेका छन् । बदानीले अब पुर्व प्रशिक्षक रिक्की पोन्टिङको स्थान लि...

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरिएको छ । सरकारको गत असोज ६ गते बनाएको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम वि...

धादिङमा एक वृद्धा मृत फेला

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका– ६ कुम्पुरभञ्ज्याङस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएकी छिन् । ८६ वर्षीया सुन्तली घले गएराति घरनजिकै मृत अवस्थामा भ...

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले द...

साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुव...

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला । जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy