सोलुखुम्बु । सोलुखुम्बुमा पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मङ्गल तामाङ, २८ वर्षीय लक्ष्मण तामाङ र ३२ वर्षीय सुब्बा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
दुधकोशी खबरका रमन वनमाथि गत शनिबार राति सल्लेरीस्थित निजको कोठा पुगेर हातपात गरेको आरोपमा उनीहरुलाई मंगलबार सल्लेरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार मिश्रले जानकारी दिए ।
सञ्चार माध्यममा भिडियो सामग्री प्रसारण गरेकै कारण आफूमाथि हातपात गरेको पत्रकार वनले बताए । सोलुदुधकुण्ड–५ का वडाध्यक्ष मिङमार तामाङसहित राति आफ्नो कोठामा पुगेका व्यक्तिहरूले आक्रमण गरी भिडियो मेटाउन ९डिलिट गर्र्न० धम्की दिँदै आफूलाई कुटपिट गरेको उनको भनाइ थियो ।
सो घटनापछि हातपात गर्ने विरुद्ध पत्रकार वनले अभद्र व्यवहार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । तामाङ समुदायको ल्होछार पर्व मनाउने क्रममा शनिबार सल्लेरीस्थित एक होटलमा स्थानीय युवा मदिरा सेवन गरेर झगडा गरेका थिए । उक्त झगडाको भिडियो दुधकोशी खबरले सम्प्रेषण गरेको थियो ।
यसैबीच, वडाध्यक्ष मिङ्मार तामाङले पनि अनुसन्धान प्रक्रियामा सहयोग गर्ने बताए । “सुरुमा वडाध्यक्ष तामाङले पनि पत्रकार वनमाथि हातपात गरेको आरोप लागेको थियो । वडाध्यक्ष तामाङले आफूले हातपात गरेको नभई सहजीकरणका लागि घटनास्थल पुगेकाले प्रहरीलाई बताएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, प्रहरी निरीक्षक मिश्रले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: