धरान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका छन् ।
पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठमा आयोजना गरेको स्मारक अनावरण तथा प्रतीक्षालय हस्तान्तरण समारोहमा मन्त्री राईले संस्कृत भाषाको संरक्षणसँगै व्यावहारिक रुपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।
उनले अहिले संस्कृत भाषालाई संरक्षण गर्दै यसमा दक्खल राख्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । “संस्कृत भाषाको महत्त्व सधै थियो र रहन्छ । यसमा धेरै ठूलो ज्ञानको भण्डार लुकेको छ”, मन्त्री राईले भने, “संस्कृतका ग्रन्थबाट हामीले ज्ञान, विज्ञान र प्रविधिका धेरै कुरा सिक्न सक्छौँ ।”
उनले संस्कृत भाषा ज्ञानको भण्डार भएकाले यसबाट पूर्वीय दर्शनसँगै विज्ञान र धेरै सिद्धान्तका कुरा बुझ्न सकिने बताए । उनले संस्कृत भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताए ।
मन्त्री राईले विद्यापीठको प्राङ्गणमा पूर्वीय विद्धान तथा समाजसुधारक छविलाल पोखरेलको सालिक अनावरण गरेका थिए । उनले पोखरेलले समाजमा पुर्याएकाे योगदानको चर्चा गरे ।
सो अवसरमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले प पोखरेल समाज सुधारका लागि महत्वपूर्ण काम गरेको भन्दै उहाँको व्यक्तित्वको चर्चा गरे । प्रदेशसभा सदस्य विजयकुमार राई र निवर्तमान प्रतिनिधिसभा सदस्य जयकुमार राईले पण्डित पोखरेलले समाजमा पुर्याएको योगदानबारे प्रशंसा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: