Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

तीन लाख बढी जरिवाना तोकिएका सात जना जना पक्राउ

खबरडबली संवाददाता

रौतहट । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका सात जना फरार प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । 

लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा तीन लाख २७ हजार रुपैयाँ  जरिवाना तोकिएर फरार रहेका सात जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साविक रमौली गाबिस वडा ६ का रामचन्द्र बैठा, लक्षमी बैठा, रामाप्रवेश बैठा रहेका छन् । 

उनीहरूलाई लुटपाट मुद्दामा जिल्ला अदालत गौरले जनही ७५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् । त्यस्तै रमौली ७ कै बलदेव यादव र शिवाकालिया देवी रहेकी छिन् । 

उनीहरूलाई सम्बन्ध बिच्छेद मुद्दामा अदालतले जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै गाली बेईजती मुदामा ५० हजार जरिवाना तोकिएका गौर नगरपालिका ५ का प्रभात कुमार झा र चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका दुर्गा भगवती गाउँपालिका २ का अमरनाथ पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारिगरेको सूचनामा उल्लेख गरिएको छ । 

पक्राउ परेका सातैजनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत गौरमा मंगलवार उपस्थित गराइएको प्रहरीले जनाएको छ । रौतहट प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ । 

यसअघि यस आर्थिक वर्षको साउन देखि माघ मसान्त सम्म ६ महिनामा २८० फरार प्रतिवादी पक्राउ गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीमा सुनचाँदीका गहनासहित दुई जना पक्राउ

कैलाली । कैलालीमा सुनचाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् । बाजुरा बुढीगंगा नगरपालिका १० बस्ने २५ वर्षीय सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका...

पर्साकाे एक मुसहर बस्तीमा न्यानो कपडा वितरण

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका -३, कौवाबन र कटैया गाउँका मुसहरबस्तीमा न्यानो कपडा वितरण गरिएको छ । अमर क्षेत्री फाउन्डेसनले मुसहरवस्तीमा कम्ब...

लम्बियो कांग्रेसको सय दिने विशेष अभियान

काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने भएको छ । बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्ला...

शुक्लाफाँटा निकुञ्जको नौ सय बिघा जग्गा भारतीयकाे कब्जामा

कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सयौँ बिघा जमीन तीन दशकदेखि भारतीयको कब्जामा परेकाे छ ।शुक्लाफाँटा निकुञ्जको नौ सय बिघा जमीन भ...

सहकारीले सदस्यलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने

मुगु । मुगुको छायानाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ । मंगलबार आयोजित १०औं साधारण स...

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्...

नेपाललाई ब्याडमिन्टनमा एक कांस्य

काठमाडौं । योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड ...

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

रामपुर । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषि कर्मबाट स...

अहिलेकाे सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बुधबार काठमाडौं...

एमालेबाट भीम रावल आउट, विन्दा र उषाकिरण ६ महिनाकाे लागि निलम्बन

काठमाडाैं । नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीकाे पार्टी सदस्यबाट हटाउने निर्णय गरेकाे छ । एमालेकाे बुधबार बसेको सचिवालय बैठकले रावललाई ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy