एजेन्सी । अमेरिकी सिनेटले मङ्गलबार युक्रेनका लागि ६० अर्ब डलरको कोषसम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ । यद्यपि हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले उनको रिपब्लिकन नेतृत्वको सदनले उक्त विधेयकलाई अस्वीकार गर्ने सङ्केत गरेकाे छ ।
पन्चानब्बे अर्ब डलरको प्याकेजमा इजराइलको सेना र प्रमुख रणनीतिक सहयोगी ताइवानका लागि कोष समावेश छ तर ठूलो हिस्सा अर्थात ६० अर्ब डलरले युक्रेनले युद्धको तेस्रो वर्षमा प्रवेश गर्दा समाप्त भएको गोला बारुदको आपूर्ति, हतियार तथा अन्य महत्त्वपूर्ण आवश्यकता पूरा गर्न सहयोग गर्नेछ ।
सिनेटले मङ्गलबार बिहान मतदान गरेको र द्विदलीय समर्थनमा पारित भएको विधेयकमा अमेरिकी अध्यागमन नीतिमा परिवर्तन समावेश गरिएको छैन । यसअघिको सिनेट पाठमा सीमा र विदेशी सहायता दुवै समावेश गरिएको थियो । उक्त पाठलाई माथिल्लो सदनमा जोनसनको आफ्नै पार्टीका सदस्यहरूले अवरुद्ध गरेका थिए । उक्त पाठमा सीमा पार गर्नेहरूलाई पर्याप्तरूपमा सम्बोधन नगरिएको भन्दै उनीहरूले उक्त पाठलाई समाप्त गर्ने वाचा गरेका थिए ।
“कुनै पनि कथित राष्ट्रिय सुरक्षा पूरक कानूनले राष्ट्रिय सुरक्षा हाम्रै सिमानाबाट सुरु हुन्छ भनेर मान्यता दिनुपर्छ भन्नेमा हाउस रिपब्लिकनहरू छलफलको सुरु देखिनै स्पष्ट थिए”, जोनसनले एक विज्ञप्तिमा भने । उनले दशकौँमा केही अध्यागमन प्रतिबन्ध समावेश भएको तर अझै धेरै टाढा नगएको सिनेटको पहिलो विधेयक आफ्नो कक्षमा ‘आगमनमा मृत’ हुने बताएका थिए ।
उनको भनाइ पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग मेल खान्छ । पुनः राष्ट्रपतिका लागि दौडिरहेका र अध्यागमनमा राष्ट्रपति जो बाइडेनको कथित कमजोरीको फाइदा उठाउन चाहनुभएका ट्रम्पले उक्त विधेयकलाई बलपूर्वक खारेज गर्न आह्वान गरे ।
विधेयकमाथि धेरै महिनाको द्विदलीय छलफलका बावजुद सिनेट रिपब्लिकनहरूले अन्ततः यसलाई अगाडि बढाउनबाट रोक्न मतदान गरे । मङ्गलबार सिनेटमा पारित भएको विधेयकमा अध्यागमन सुधारलाई समावेश गरिएको छैन र धेरै रिपब्लिकनहरूको समर्थनका कारण उक्त विधेयक पक्षमा ७० र विपक्षमा २९ मतका साथ पारित भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: