Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

हावाहुरीका कारण अष्ट्रेलियामा करिब दुई लाख घरमा विद्युत् सेवा अवरुद्ध

खबरडबली संवाददाता

एजेन्सी । शक्तिशाली आँधीका कारण पूर्वी अस्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन् ।

भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) भन्दा बढीको हुरी चलेको राज्य सरकार र आपतकालीन सेवाहरूले बताएका छन् ।

भिक्टोरिया प्रहरीले एक विज्ञप्ति जारी गर्दै ५० वर्षीय एक डेरी किसानको छतमा काम गर्ने क्रममा उडेको भग्नावशेषले किचेर मृत्यु भएको जनाएको छ ।

आँधीका कारण मेलबर्नको पश्चिममा रहेको ग्रामपियन क्षेत्रमा पनि डढेलो लागेको र एउटा सानो सहरका केही घर टहरा जलेर नष्ट भएको राज्यको अग्नि नियन्त्रण प्राधिकरणले जनाएको छ ।

अष्ट्रेलियाली इन्धन बजार सञ्चालकका अनुसार आँधीका कारण शुरूमा पाँच लाख ३० हजार घर परिवार तथा व्यवसाय विद्युत्विहीन बनेका छन् ।  बुधबार दिउँसोसम्म पनि करिब एक लाख ७४ हजार घर परिवार विद्युत् सेवाबाट बञ्चित भएको बताइएको छ ।

प्राधिकरणले भनेको छ, “व्यापक क्षतिको मात्रालाई ध्यानमा राख्दै प्रभावित सबैलाई पुन:विद्युत सेवा सञ्चालन गर्न केही दिन लाग्न सक्ने देखिन्छ ।” हावाहुरीले घरका छाना उडाएको, रुख र बिजुलीका खम्बाहरू ढलाएको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूमा देखिएको छ । 

राज्यको ऊर्जा प्राधिकरणका अनुसार ढलेको ट्रान्समिसन टावरका कारण भिक्टोरियाको सबैभन्दा ठूलो बिजुली जेनेरेटर लोय याङ ए बन्द भएको छ भने यसलाई अहिले ग्रिडमा पुनः जडान गर्ने काम भइरहेको छ । 

भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले भने, “यो राज्यको इतिहासमा सबैभन्दा ठूलो विद्युत सेवा अवरोध घटनामध्ये एक हो ।

भिक्टोरिया राज्यका आपतकालीन व्यवस्थापन आयुक्त रिक नुगेन्टले चट्याङका कारण भिक्टोरियामा ‘धेरै पटक आगलागी’ भएको बताए । नुगेन्टले पत्रकार सम्मेलनमा भने, “अति प्रभावित ग्रामपियन क्षेत्रमा आगोको ज्वालाले पोमोनलमा ‘धेरै आवासीय घरहरू’ जलाएको छ । ती घरहरूमा सयौँ बासिन्दाहरू बसोबास गर्दै आएका थिए । 

मेलबर्नको द एज पत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार कति घरमा क्षति भयो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको राज्यका अग्निनियन्त्रक अधिकारीले बताएका छन् ।

भिक्टोरियाली अधिकारीहरूले राज्यभर डढेलो र मौसमको चेतावनी कम गरिएकाले विद्युत आपूर्ति सुचारु गर्न र आगलागीबाट भएको क्षतिको पूर्ण मात्रा पत्ता लगाउन काम गरिरहेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काम गरेर जनताको विश्वास जित्न सकिन्छ: उपाध्यक्ष ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्...

सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल सुरु

कैलाली । ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको प्रारम्भमा आर्थिक मामिला...

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सु...

'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप' उपाधि भ्याली भ्यु स्कुललाई

काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको 'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप'को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कु...

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।  इरान समर्थित ह...

अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपालका विवेक दोस्रो

काठमाडौं । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका छन् ...

विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौं । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नार...

मोरङका अस्पतालमा रगतको अभाव

बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरा...

कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने: सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।  ...

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy