Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

इन्डोनेसियामा मतदान सम्पन्न, प्रारम्भिक गणनामा पूर्वजनरल सुबियान्तो अगाडि

खबरडबली संवाददाता

एजेन्सी । बुधबार मतदान समाप्त भएपछि सर्वेक्षणकर्ताहरूको प्रारम्भिक नतिजाले रक्षामन्त्री प्रबोवो सुबियान्तोले दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाको राष्ट्रपति पदको दौडमा बलियो अग्रता लिनुभएको देखाएको छ । 

आधिकारिक नतिजा आगामी महिनासम्म आउने छैन तर कम्तीमा दुई स्वतन्त्र मतदाता सर्वेक्षकले कथित ‘द्रुत गणना’ का लागि मतदान केन्द्रहरूमा मतपत्रहरूको नमूना सङ्कलन गरेका थिए । करिब दुई तिहाइ नमूना मतगणना गर्दा सुबियान्तोलाई ५५ प्रतिशतभन्दा धेरै मत आएपछि उनको विजय विश्वसनीय देखाएको थियो । 

पोलस्टर पोलट्र्याकिङले प्रारम्भिक गणनामा उनलाई ५९ दशमलव ७७ प्रतिशत र साइरस नेटवर्क–सिएसआइएसले ५८ दशमलव ६२ प्रतिशत देखाएको छ । 

सुबियान्तोले आफ्ना प्रतिद्वन्द्वीहरू अनिस बास्वेदन र गान्जर प्रणवोमाथि राष्ट्रपति पद सुरक्षित गर्नका लागि मुलुकको ३८ प्रान्तमा खसालिएको भोटको आधाभन्दा धेरै अर्थात ५० प्रतिशतभन्दा माथि भोट ल्याउनुपर्ने आवश्यकता छ । सुबियान्ताले बोगोर सहरमा मतदानभन्दा अघिल्लो दिन पत्रकारहरूसँग भने, “जित्ने आशा छ ।”

एक पुस्ताअघि सुहार्तो तानाशाहीको समयमा सैन्य प्रमुख रहनुभएका ७२ वर्षीय सुबियान्तोले बुधबार साँझ समर्थकहरूलाई सम्बोधन गर्ने कार्यक्रम थियो । उनले लोकप्रिय निवर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिन प्रतिस्पर्धा गरिरहेका छन् । 

विडोडोले अप्रत्यक्षरूपमा सुबियान्तोको अभियानलाई समर्थन गरेकाे पर्यवेक्षकहरूले दावी गरेका छन् । पपुआको अशान्त क्षेत्रमा आठ लाख मतदान केन्द्रमा मतदान सुरु भयो र मुलुकको अर्को भागमा जङ्गलले ढाकिएको सुमात्रामा समाप्त भयो । जाकर्ताका केही स्टेसनहरू आँधीका कारण डुबानमा परेपछि मतदान खुला भयो । 

स्थिर आर्थिक विकासको अध्यक्षता गरेका तर संवैधानिक दुई कार्यकालको सीमामा पुगेका विडोडोका नीतिहरूलाई निरन्तरता दिने प्रतिज्ञाका साथ लोकप्रिय बयानबाजीको मिश्रित अभियानपछि ७२ वर्षीय वृद्ध सुबियान्तो स्पष्टरूपमा मनपर्ने थिए । 

सन् १९९८ मा सुहार्तोको तानाशाहीको समाप्तिपछि यो पाँचौँ राष्ट्रपति निर्वाचन हो र निर्वाचनमा करिब २० करोड ५० लाख मतदान गर्न योग्य थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending