दोलखा । नेपाली कांग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया विवादमा परेको छ । नेपाली कांग्रेसको महाधिवेशनमा ५ प्रतिनिधिले महासमिति सदस्य छनोट विधान विपरित गरिएको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी हालेपछि छनोट प्रक्रिया विवादमा परेको हो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू मध्येबाट पार्टी विधान अनुसार दोलखाबाट ११ जना महासमिति सदस्यको नाम केन्द्रमा पठानुपर्ने हुन्छ ।
सोही ११ जना महासमिति सदस्यको नाम पठाउँदा पार्टीको विधान विपरित छनोट गरी पठाइएको भन्दै महाधिवेशन प्रतिनिधिहरू उर्मिला कार्की, जयराम श्रेष्ठ, कुमार अधिकारी, प्रभुराम श्रेष्ठ र गौरब कुमार लामाले पार्टीको निर्वाचन समितिको कार्यालय सानेपा ललितपुरमा उजुरी दर्ता गरेका छन् ।
पार्टीले निर्वाचनको उम्मेदवारी दर्ता,नामावली प्रकाशन जस्ता सम्पूर्ण निर्वाचन प्रक्रिया पूरा गरेर मतदान प्रक्रिया नाटकीय रूपमा रोकेको उजुरिमा उल्लेख गरिएको छ ।
निर्वाचन गर्ने भनेर महासमितिका उम्मेदवारहरूलाई ५० हजार रुपैयाँ जम्मा गर्न लगाइ स्वेच्छाचारी रूपले आफ्ना नजिकका मान्छेको नाम गोप्य रूपमा केन्द्र पठाइएको उजुरीमा बताइएको छ ।
निर्वाचन समितिलाई हस्ताक्षेप गरी लोकतान्त्रिक मान्यताविरुद्ध नाम पठाइने दुस्प्रयास गरिएकाले सो कार्य नगराउन र मान्यता नदिन निर्वाचन प्रक्रियाको आवश्यक प्रमाणसहित पठाइएको उजुरीमा उल्लेख गरिएको छ ।
यता नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले कार्यसम्पादन समितिको निर्णयबाट भन्दै ११ जनाको नाम महासमिति सदस्यमा सिफारिस गरेपछि दोलखा कांग्रेसमा विवाद भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: