Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

दोलालघाट सुरक्षित राख्न तटबन्ध बनाइने

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पर्यकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले प्रक्रिया अघि बढाउने भएको हो । 

कार्यालयलाई बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत दुई नदी सुनकोशी र इन्द्रावतीबाट दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिएको जनाइएको छ । दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि निर्देशन भएको कार्यालयका प्रमुख विनय पौडेलले बताए । 

“प्रदेश सरकारबाट दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिनुभएको छ, अब प्रक्रिया अघि बढाउनेछौँ”, उनले भने । विसं २०७८ असारमा  मेलम्चीबाट इन्द्रावती नदीहुँदै आएको बाढीले बस्ती कटान गरेपछि स्थानीयवासीले भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि तटबन्ध निर्माणको माग गर्दै आएका थिए । 

भुम्लु गाउँपालिकामा सञ्चालित योजना अनुगमन, निरीक्षण गर्न पुग्नुभएका मन्त्री तीर्थ लामाले स्थानीयलाई दोलालघाट बजार र पुल सुरक्षित गर्न तटबन्धनको प्रक्रिया तत्कालै थालिने बताए । “हामी यो बजार कसरी जोगाउन कसरी भन्ने हिसाबले तटबन्धलगायत संरचना निर्माण गर्न योजना बनाउन लाग्नेछौँ”, लामाले भने । 

मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती खोलाको सतहसमेत बढेपछि दोलालघाट बजार र अरनिको राजमार्गअन्तर्गत रहेको दोलालघाट पुल जोखिममा देखिएको थियो । वर्षैपिच्छे दुई नदीको सतह बढ्दा त्रासमा रहनुपर्ने जनाउँदै दोलालघाटका स्थानीयवासीले बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएको स्थानीयवासी हीराकाजी श्रेष्ठले बताए । 

उनले भने, “इन्द्रावती र सुनकोशीमा बाढी आउँदा सधैँ त्रासमा बस्नुपर्ने बाध्यता छ, यसकारण सबै तहका सरकारसँग दोलालघाट क्षेत्रको बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएका छौँ ।” उक्त पुल चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जानका लागि दोलालघाटको प्रयोग हुन्छ ।

मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती र सुनकोशी नदीमा खोलाको सतह बढ्दा दोलालघाटका दर्जन घरटहरा डुबानमा परेका थिए । सोही कारण बस्ती जोखिममापर्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोशी नदीमा तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको थियो । माछाका लागि प्रख्यात दोलालघाट इन्द्रावती र सुनकोशी नदीको संगलस्थल क्षेत्रमा फैलिएको बजार हो । 

यस्तै विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो । 

पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो भने २६ जनाको ज्यान गएको थियो । साथै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending