Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

पानामा तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा चारको मृत्यु सात बेपत्ता

खबरडबली संवाददाता

एजेन्सी । खराब मौसमका कारण पानामाको उत्तरपूर्वी तटमा डुङ्गा पल्टिदा चार आप्रवासीको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको पानामाका अधिकारीहरूले बुधबार बताएका छन् ।

मध्य अमेरिकी देशको राष्ट्रिय सीमा सेवाले गरेको पोस्ट तथा स्थानीय सञ्चारमाध्यमको रिपोर्टअनुसार दुर्घटनामा परेका अन्य १४ जना सुरक्षित छन् । कोलम्बियाबाट आएको उक्त डुङ्गा पानामाको गुना यला आदिवासी प्रान्तको क्यारेटो समुदाय नजिकै पल्टिएको थियो ।

अध्यागमन अधिकारीसँगको समन्वयमा शवहरूको व्यवस्थापन तथा जिवित मानिसहरूको उद्धार गर्ने कार्य जारी रहेको छ ।  प्रत्येक वर्ष हजारौँ आप्रवासी कामको खोजीमा पानामामा प्रवेश गर्ने प्रयास गर्छन् ।

विशाल वन क्षेत्र तथा र दलदलबाट ६० माइल वरपर फैलिएको, डेरियनलाई  विश्वको सबैभन्दा खतरनाक बसाईसराइँ मार्गहरूमध्ये एक मानिन्छ ।  सेनाका अनुसार डेरियन पदमार्ग नभई घना जङ्गल हो । 

सेनाले हालसालै अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरूद्वारा आप्रवासी तस्करीको सामना गर्न आप्रवासी डुङ्गाहरूको बढ्दो आगमन रोक्न गस्ती र अन्य उपायहरू बलियो बनाएको बताएको छ । 

सन्  २०२३ मा मात्रै पाँच लाख २० हजार ८५ आप्रवासी कोलम्बियाबाट पानामा ड्यारियन सीमा क्षेत्र हुँदै गएका थिए । यसैगरी सन् २००९ देखि २०२२  सम्म यही मार्गबाट आएका  पाँचलाख १४४ भन्दा बढी आप्रवासी रहेको पानामाको राष्ट्रिय आप्रवासी सेवाको तथ्याङ्कले देखाएको छ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending