Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा जर्मनीसँग द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर

खबरडबली संवाददाता

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीसँग एउटा द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । शुक्रबार उनले फ्रान्ससँग अर्को एक सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका छन् । 

रुसद्वारा पूर्णस्तरको युद्ध सुरु गरेको करिब दुई वर्षपछि किएभले पश्चिमी समर्थन बढाउनका लागि काम गरिरहेका बेला यसबाट दीर्घकालीन समर्थनको एउटा बलियो सङ्केत प्राप्त भएको छ । 

युक्रेनी नेतालाई बर्लिनमा जर्मन चान्सलर ओलाफ स्कोल्जले स्वागत गरे र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई भेट्न पेरिस जाने तयारी गरिएको थियो ।

नियोजित संयुक्त पत्रकार सम्मेलनअघि स्कोल्जले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “जेलेन्स्की र मैले हाम्रो दीर्घकालीन सुरक्षा प्रतिज्ञाहरूमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थियौँ ।” उनले उक्त सम्झौतालाई ‘ऐतिहासिक कदम’ भनेका थिए । सरकारले सम्झौताको विवरण तत्काल दिएको छैन । 

गत महिना बेलायती प्रधानमन्त्री ऋषि सुनकले किएभको भ्रमण गर्दा युक्रेन र बेलायतबीच भएको सुरक्षा सम्झौतापछि जर्मनीसँग द्विपक्षीय सुरक्षा तथा दीर्घकालीन समर्थन सम्झौता भएको हो । यो सम्झौताले आगामी १० वर्षलाई समेट्ने छ । जेलेन्स्कीले शनिबार उच्चस्तरीय सुरक्षा तथा विदेश नीति अधिकारीहरूको वार्षिक सभाका रूपमा रहेको म्युनिख सुरक्षा सम्मेलनमा भाग लिए । 

उक्त सम्मेलनमा उनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलगायत अन्य नेताहरूलाई भेट्ने योजना बनाएका छन् । गोला–बारुदको आपूर्ति र कर्मचारीको कमीका कारण युक्रेन युद्धमा रक्षात्मक भएकाले दीर्घकालीन ऐक्यबद्धताको सन्देश दिने सुरक्षा सम्झौताको प्रमुख उद्देश्य रहेको प्रतीत हुन्छ । 

सम्झौताको विवरण सार्वजनिक गर्ने अनुमति नभएका एक फ्रान्सेली अधिकारीले अज्ञातरूपमा कुरा गर्दै जेलेन्स्कीको भ्रमणअघि पेरिससँगको सम्झौताको उद्देश्य युक्रेनलाई ‘दीर्घकालीन समर्थन प्रदान गर्नु’ र ‘दृढ सङ्कल्पको सन्देश’ पठाउनु रहेको बताए । उनले सम्झौतामा सैन्य र सुरक्षा प्रतिबद्धताका साथै वित्तीय र आर्थिक सहयोग पनि समावेश हुनेछ । 

बेलायत–युक्रेन सम्झौतामा युक्रेनको रक्षा निर्माणमा सहयोग गर्ने र रुसबाट पुनः आक्रमण भएमा ‘द्रुत र दिगो सुरक्षा सहयोग’ प्रदान गर्ने प्रतिबद्धता गरिएको थियो । यद्यपि यो व्यापक विस्तारमा गएको छैन । 

युरोपेली सहयोगीहरूले हालैका दिनहरूमा अमेरिकी कांग्रेससँग युक्रेनलाई ६० अर्ब डलरको प्याकेजलाई स्वीकृति दिन आग्रह गरेका छन् । उक्त प्याकेजले ठूलो मात्रामा अमेरिकी रक्षा संस्थाहरूलाई मिसाइल, युद्ध सामग्री र अन्य सैन्य हार्डवेयर बनाउनका लागि युक्रेनको युद्ध क्षेत्रमा पठाउनेछ । उक्त प्याकेजले हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्किनहरूको विरोधको सामना गर्नुपरिरहेको छ । 

जर्मन चान्सलर स्कोल्जले अमेरिकी कोष जारी गर्ने अत्यावश्यकतालाई जोड दिन एक साताअघि वासिङ्टनको भ्रमण गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेपछि उनले भनेका थिए, “हामीले यताउता घुम्न जरुरी छैन, युक्रेन आफ्नो रक्षा गर्न सक्षम हुनेछ भन्ने प्रश्नका लागि अमेरिकाको समर्थन अपरिहार्य छ ।”

अमेरिकापछि जर्मनी अहिले युक्रेनलाई सैन्य सहायता आपूर्ति गर्ने दोस्रो सबैभन्दा ठूलो मुलुक हो । साथै स्कोल्जले हालै अन्य युरोपेली मुलुकहरूसँग थप हतियार वितरण गर्न आह्वान गरेका छन् । 

सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणपछि गत वर्ष जेलेन्स्कीले बर्लिनको पछिल्लो भ्रमण गरेका थिए । सन् २०२३ को फेब्रुअरी र मेमा भ्रमणहरूपछि शुक्रबारको भ्रमण आक्रमणपछि उनको पेरिसको तेस्रो भ्रमण हुनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending