Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

आलुले बजार नपाउँदा पर्वतका किसान मर्कामा

फाइल फाेटाे
खबरडबली संवाददाता

पर्बत । व्यावसायिक बन्ने लक्ष्य सहित कृषि ज्ञान केन्द्रले आयोजनामा गरेको खायन आलु उत्पादन प्रवर्द्धनमा लागेका पर्वतका कृषकहरू उचित बजार मूल्य नपाउँदा यतिखेर मर्कामा छन् । आलु उत्पादन गत वर्ष भन्दा यो वर्ष धेरै राम्रो भए पनि उचित मूल्य नपाएपछि कृषकको मर्कामा परेको गुनासो आएको हो ।

कृषि ज्ञान केन्द्र पर्वतले आलु प्रवर्द्धन गर्न भनी तीन करोडको लगानी गरेको थियो । पर्वतका सात वटै पालिकाका ५५ वटा कृषक समूह सहभागी हुने गरी आलु उत्पादन प्रवर्द्धनको कार्यक्रम लागू गरिएको हो । बजार व्यवस्थापन र चिस्यान केन्द्रको अभावमा जिल्लाकै चर्चित आलु पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका कृषकको सस्तो मूल्य प्रति केजी २० रुपैयाँ देखि २५ रुपैयाँमा नै आलु विक्री गर्नु परेको दुखेसो छ । 

जलजला गाउँपालिका वडा ८ को घैयाबारी फलफूल तथा कृषक समूहले करिब ४० रोपनी क्षेत्रफलमा खायन आलु खेती गरेको थियो । सो समूहमा २७ जना कृषक सहभागी छन् ।

समूहका अध्यक्ष दिलीप रेग्मीले दुखेसो पोख्दै भन्छन् “आलु उत्पादन अपेक्षा भन्दा राम्रो भएको छ । आलुको उत्पादन राम्रो भए पनि बजार व्यवस्थापन हुन नसक्दा कृषक आफैले आलुको भारी बोकेर विक्री गर्न खोज्दा पनि उचित मूल्य पाउन सकेको अवस्था छैन । ज्ञान केन्द्र र स्थानीय सरकारले आलु विक्रीका लागि पहल गर्नु पर्नेमा कुनै चासो देखाएका छैनन् । मैले आफ्नो व्यक्तिगत सम्पर्क मार्फत प्रति केजी ३० रुपैयाँ दरले १२ सय केजी आलु विक्री गरे ।” 

जलजला गाउँपालिका वडा ८ मा पर्ने नाङ्लीवाङको पिपलबोट सामुदायिक कृषि समूहमा २० जना कृषक आबद्ध भई ३० रोपनी क्षेत्रफलको जग्गामा आलु खेती गरेका छन् । सो समूहका अध्यक्ष कमल बहादुर खड्काको पनि आलुले उचित बजार पाउन नसकेको भन्ने नै छ । अध्यक्ष खड्काले भने–“आलु उत्पादनबाट हामी कृषक खुसी छौँ । विदेश जान्छु भन्ने युवाहरू पनि यही केही गर्न सकिन्छ भन्ने सोच राखेका छन् तर उत्पादित आलु खेतबारीबाट नै सङ्कलन गरी उचित मूल्यमा विक्री गर्ने या चिस्यान केन्द्रमा राख्न मिल्ने व्यवस्था भए मात्रै हामी कृषक व्यावसायिक रूपमा सफल हुने थियौँ ।  उत्पादित आलुले बजार मूल्य नपाए पछि अहिले कृषक निराश बनेको अवस्था छ । बजार मूल्य नपाउने भएपछि आलु खन्न छोडेर बारीमै राख्नु परेको छ ।” 

पर्वतकै दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिकाको नौनादी कृषक समूहका सदस्य तिलक पराजुलीको गुनासो आलु उत्पादन राम्रो भए पनि बजार व्यवस्थापन हुन नसक्दा लगानी अनुसार उचित मूल्य पाउन नसकिएको भन्ने छ । त्यसै गरी भर्खरै आलु खन्दै गरेका पैयुँ गाउँपालिका वडा २ मा रहेको गाउँवेशी कृषक समूहका अध्यक्ष हुमलाल अधिकारीले पालिकाले आलु विक्रीका लागि सहजीकरण गर्ने आश्वास दिएको बताए । उनका अनुसार आलु उत्पादन राम्रो रहेको छ तर आलुले उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले छोडेको भने छैन । 

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वरिष्ठ कृषि अधिकृत परशुराम अधिकारीले आलु प्रवर्द्धन कार्यक्रमले पर्वतलाई आलुमा आत्मनिर्भर बनाउने बताउँदै  भने–“कृषकहरूले आलु खन्दैछन् । एकै पटक भटाभट आलु खन्दा विक्री हुन नसकेको अवस्था हो तर कृषकले मूल्य नपाउने भन्ने हुँदैन । नमुना बाली कटानी गरी हेर्दा पनि कार्यक्रमको लक्ष्य अनुसारको उत्पादन हुने देखिन्छ ।”

पर्वतको खेतीयोग्य जमिनमध्ये १३ सय हेक्टरमा यसअघि आलु खेती हुँदै आएकोमा यस वर्ष ज्ञान केन्द्रको विशेष फोकसमा थप १२५ हेक्टर जमिनमा कृषकले आलु खेती गरेका छन् । एक कृषक समूहले कम्तीमा पनि ३० रोपनी क्षेत्रफलमा आलु खेती गरेका छन् । कार्यक्रमले २५ सय मेट्रिक आलु  उत्पादन गर्ने लक्ष्य लिएको छ ।

कृषकहरूलाई आलु बिउँ, प्राविधिक ज्ञान, विषादी लगायतमा कृषि ज्ञान केन्द्र पर्वतले सहयोग गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार खायन जातको आलु अन्तर्गत पर्ने जनकदेव, कार्डिनल, एमएस ४२, खुमल सेतो पर्वतका कृषकहरूले लगाएका हुन् । कृषकका लागि ज्ञान केन्द्रले बिउँ वितरणमा ७५ प्रतिशत अनुदान दिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेस...

पाङदुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो । उपत्य...

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

पहिरोले थुनियो अरनिको राजमार्ग, अन्य सडकमा पनि जोखिम बढ्दो

काठमाडौँ । लगातारको वर्षासँगै देशका विभिन्न पहाडी क्षेत्रमा पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ। विशेषगरी अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँद...

काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भ...

आफ्नै नीतिमा आफैं अल्झिए सांसद खनाल, पुर्जा नभएकै जग्गामा नक्सापासबिनै घर

कैलाली । सार्वजनिक तथा अतिक्रमित संरचनामाथि डोजर चलाउने सरकारी अभियान चलिरहँदा बालेन्द्र शाह नेतृत्वकै लाइनमा रहेको दलका सांसदको घरबारे प्रश्न उठेको छ...

पाकिस्तानमा पनि बुद्ध जयन्ती

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...

हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...

अमेरिकी डलरको भाउ १५२ रुपैयाँ पुग्दा अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending