Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

आलुले बजार नपाउँदा पर्वतका किसान मर्कामा

फाइल फाेटाे
खबरडबली संवाददाता

पर्बत । व्यावसायिक बन्ने लक्ष्य सहित कृषि ज्ञान केन्द्रले आयोजनामा गरेको खायन आलु उत्पादन प्रवर्द्धनमा लागेका पर्वतका कृषकहरू उचित बजार मूल्य नपाउँदा यतिखेर मर्कामा छन् । आलु उत्पादन गत वर्ष भन्दा यो वर्ष धेरै राम्रो भए पनि उचित मूल्य नपाएपछि कृषकको मर्कामा परेको गुनासो आएको हो ।

कृषि ज्ञान केन्द्र पर्वतले आलु प्रवर्द्धन गर्न भनी तीन करोडको लगानी गरेको थियो । पर्वतका सात वटै पालिकाका ५५ वटा कृषक समूह सहभागी हुने गरी आलु उत्पादन प्रवर्द्धनको कार्यक्रम लागू गरिएको हो । बजार व्यवस्थापन र चिस्यान केन्द्रको अभावमा जिल्लाकै चर्चित आलु पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका कृषकको सस्तो मूल्य प्रति केजी २० रुपैयाँ देखि २५ रुपैयाँमा नै आलु विक्री गर्नु परेको दुखेसो छ । 

जलजला गाउँपालिका वडा ८ को घैयाबारी फलफूल तथा कृषक समूहले करिब ४० रोपनी क्षेत्रफलमा खायन आलु खेती गरेको थियो । सो समूहमा २७ जना कृषक सहभागी छन् ।

समूहका अध्यक्ष दिलीप रेग्मीले दुखेसो पोख्दै भन्छन् “आलु उत्पादन अपेक्षा भन्दा राम्रो भएको छ । आलुको उत्पादन राम्रो भए पनि बजार व्यवस्थापन हुन नसक्दा कृषक आफैले आलुको भारी बोकेर विक्री गर्न खोज्दा पनि उचित मूल्य पाउन सकेको अवस्था छैन । ज्ञान केन्द्र र स्थानीय सरकारले आलु विक्रीका लागि पहल गर्नु पर्नेमा कुनै चासो देखाएका छैनन् । मैले आफ्नो व्यक्तिगत सम्पर्क मार्फत प्रति केजी ३० रुपैयाँ दरले १२ सय केजी आलु विक्री गरे ।” 

जलजला गाउँपालिका वडा ८ मा पर्ने नाङ्लीवाङको पिपलबोट सामुदायिक कृषि समूहमा २० जना कृषक आबद्ध भई ३० रोपनी क्षेत्रफलको जग्गामा आलु खेती गरेका छन् । सो समूहका अध्यक्ष कमल बहादुर खड्काको पनि आलुले उचित बजार पाउन नसकेको भन्ने नै छ । अध्यक्ष खड्काले भने–“आलु उत्पादनबाट हामी कृषक खुसी छौँ । विदेश जान्छु भन्ने युवाहरू पनि यही केही गर्न सकिन्छ भन्ने सोच राखेका छन् तर उत्पादित आलु खेतबारीबाट नै सङ्कलन गरी उचित मूल्यमा विक्री गर्ने या चिस्यान केन्द्रमा राख्न मिल्ने व्यवस्था भए मात्रै हामी कृषक व्यावसायिक रूपमा सफल हुने थियौँ ।  उत्पादित आलुले बजार मूल्य नपाए पछि अहिले कृषक निराश बनेको अवस्था छ । बजार मूल्य नपाउने भएपछि आलु खन्न छोडेर बारीमै राख्नु परेको छ ।” 

पर्वतकै दक्षिणी भेगमा पर्ने विहादी गाउँपालिकाको नौनादी कृषक समूहका सदस्य तिलक पराजुलीको गुनासो आलु उत्पादन राम्रो भए पनि बजार व्यवस्थापन हुन नसक्दा लगानी अनुसार उचित मूल्य पाउन नसकिएको भन्ने छ । त्यसै गरी भर्खरै आलु खन्दै गरेका पैयुँ गाउँपालिका वडा २ मा रहेको गाउँवेशी कृषक समूहका अध्यक्ष हुमलाल अधिकारीले पालिकाले आलु विक्रीका लागि सहजीकरण गर्ने आश्वास दिएको बताए । उनका अनुसार आलु उत्पादन राम्रो रहेको छ तर आलुले उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले छोडेको भने छैन । 

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वरिष्ठ कृषि अधिकृत परशुराम अधिकारीले आलु प्रवर्द्धन कार्यक्रमले पर्वतलाई आलुमा आत्मनिर्भर बनाउने बताउँदै  भने–“कृषकहरूले आलु खन्दैछन् । एकै पटक भटाभट आलु खन्दा विक्री हुन नसकेको अवस्था हो तर कृषकले मूल्य नपाउने भन्ने हुँदैन । नमुना बाली कटानी गरी हेर्दा पनि कार्यक्रमको लक्ष्य अनुसारको उत्पादन हुने देखिन्छ ।”

पर्वतको खेतीयोग्य जमिनमध्ये १३ सय हेक्टरमा यसअघि आलु खेती हुँदै आएकोमा यस वर्ष ज्ञान केन्द्रको विशेष फोकसमा थप १२५ हेक्टर जमिनमा कृषकले आलु खेती गरेका छन् । एक कृषक समूहले कम्तीमा पनि ३० रोपनी क्षेत्रफलमा आलु खेती गरेका छन् । कार्यक्रमले २५ सय मेट्रिक आलु  उत्पादन गर्ने लक्ष्य लिएको छ ।

कृषकहरूलाई आलु बिउँ, प्राविधिक ज्ञान, विषादी लगायतमा कृषि ज्ञान केन्द्र पर्वतले सहयोग गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार खायन जातको आलु अन्तर्गत पर्ने जनकदेव, कार्डिनल, एमएस ४२, खुमल सेतो पर्वतका कृषकहरूले लगाएका हुन् । कृषकका लागि ज्ञान केन्द्रले बिउँ वितरणमा ७५ प्रतिशत अनुदान दिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending