Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दलित अगुवा भन्छन्ः अधिकारको लागि ६० लाख दलित एकजुट बन्नु पर्छ

खबरडबली संवाददाता

काठमाडौं । समुदायले अझै पनि उत्पीडनको जाँतोबाट मुक्त हुन देशका सबै दलित एकजुट भएर निर्णायक लडाईको आवश्यकता भएको वक्ताहरुले धारणा राखेका छन् । शनिबार राजधानीको संवाद डबलीमा समता समाज नेपालले समाजवादी आन्दोलनमा दलित विमर्श बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले ६० लाखको विशाल बाहुल्यता भएको दलित समुदाय एक हुने सुत्र खोज्नुपर्नेसमेत बताए ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदिय दलका सचेतक रणसिंह परियारले दलितले आफ्नो अधिकारको लागि एकजुट नहुँदा उत्पीडन खेप्नु परेको बताएका छन् । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका परियारले जुनसुकै पार्टीमा रहेपनि दलित अधिकारको लागि एकीकृत भएर लड्नु पर्ने धारणा राखेका छन् । परियारले १३ सयभन्दा बढी दलितले वर्तमान परिवर्तनका खातिर जनयुद्धमा बलिदान गरेर ल्याएको आजको व्यबस्थामा पनि दलितहरुले कहाली लाग्दो उत्पीडन खेप्नु परेकोमा दुःख व्यक्त गरे ।

पहिचानवादी नेता आङ्काजी शेर्पाले देशमा विशाल संख्यासहितको बाहुल्यता भएको दलित समुदाय एकजुट नभएका कारण अधिकारबाट च्यूत भएको जिकिर गरे । आदिवासी जनजाति महासंघका पूर्व महासचिबसमेत रहेका शेर्पाले अधिकार मागेर नभई बरु खोस्नु पर्ने बताउँदै भने,“लातका भूत बात से नहीमान्ता’ भनेजस्तै जनयुद्धमा जस्तै सेना बनाएर लड्ने आँट गर्नुस् ।” नेपालमा जतिसुकै परिवर्तन आए पनि आदिवासी–जनजाति र दलितलाई हर्ष न विस्मात ! परिवर्तनको फलको भोकचलन तिनै बाहुनले गर्दै आए । शेर्पाले अगाडी भने ।
शेर्पाले देशका हरेक पार्टीमा दलितहरु भाग खानलाई बस्नु गलत भएको बताउँदै भने,“तपाईहरु काँग्रेस,माओवादी र एमालेका झोले भएर बसे कहिल्यै अधिकार पाउनु हुन्न, तपाईहरुले पनि पार्टी खोल्नुस ।”

पूर्व राजदूत डा.निर्मल विश्वकर्माले नेपालका कम्युनिस्टहरुले साम्यवादको नारा दिएर लडे पनि संघर्षपछि उनिहरु सामन्ति व्यवस्थाका पूजारी भएको आरोप लगाएका छन् । विश्वकर्माले संविधानमा समाजवाद उन्मुख भनिए पनि त्यतातिर भन्दा उल्टो तिर लागेको जिकीर गरे । कम्युनिस्टहरुले जसको जोत उसैको पोत भन्ने नारा दिएपनि झन उनिहरु सत्ता र शक्तिमा पुगेर नवसामन्त र जमिन्दार बन्ने गरेको आरोप लगाए ।

जनता समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य चन्देश्वर पासवानले एकल ब्राह्मणवादी नेपाली समाजको रुपान्तरणको लागि चाँडै मधेशमा बिद्रोह हुने चेतावनी दिए ।

संयूक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले २००३ सालदेखि नेपाली कांग्रेस र ६ सालदेखि कम्युनिस्टको नाममा हिन्दु बर्णासन व्यवस्थाको कारण दलित उत्पीडनको जाँतोमा पिसिरहेको बताए । कम्युनिस्टहरु साम्यबादको ढ्वाङ फूकेर सामान्ति र दलाल व्यवस्थाका हिमायति भएको आरोप लगाए ।

समता समाज नेपालका अध्यक्ष गोपाल बहादुर बिकले मनुवादी जात व्यबस्थाको कारण दलित समुदाय सबैभन्दा बढी मारमा परेको बताए । बिकले २१औं शताब् धीमा जनावरको अधिकार रक्षाको कुराको कुरा उठिरहँदा दलितलाई त्यो भन्दा मुनिको ब्यवहार खेप्नु दुर्भाग्य भएको बताए ।

सो समाजका उपमहासचिव मनिस बर्देवाले समाजवाद उन्मुख संविधान बनाए पनि त्यसको कार्यान्वयनका लागि पुनः दलित बिद्रोहको आवश्यकता रहेको बताए ।

परिसंघ भारतका राष्ट्रिय सचिब अधिवक्ता सुनिल मेहरा भारतका भिमराव अम्बेटकर सम्पूर्ण दलित समुदायको लागि एक आदर्श पात्र भएको बताए ।

भारतको परिसंघ दिल्लीका महासचिव डा.ओम सुधाले हिन्दुवादी जातिय वर्णव्यबस्थाको कारण सम्पूर्ण दलितले चाहे भारत या चाहे नेपालमा ठूलो कष्ट भोग्नु परेको बतए ।

भारतको भिमसैनिक दलका अध्यक्ष चन्दन कुमार पासवान आफूहरुले भारत होस या नेपाल दुबै देशमा कथित उच र निच जातिय व्यबस्थाबाट उत्पीडित जनताको लागि आवाज उठाईरहेको बताउँदै भने,“देश होस् चाहे विदेश सबैतिरका दलित एक भएर लड्नुको विकल्प छैन ।”

श्रमीक जनता पार्टी अध्यक्ष दुर्गा बराईली जहिले पनि सत्ता र शक्तिमा ब्राह्मणहरु हावि हुने र दलितलाई झनै उत्पीडन् दिने भएकोले लडाई त्यतैतिर तेस्र्याउन जरुरी भएको बताए ।

तराई मधेश–महिला फाउण्डेसन नेपालकी अध्यक्ष सुनिता साहले हरेक दलित जागरुक बनेको खण्डमा वर्तमान उत्पीडनरुपी समाजको रुपरेखा बदल्न सकिने बताईन् ।

समता समाज नेपालका कार्यक्रम संयोजक प्रदिप घतालले दलितको योगदानबाट सत्तामा पुगेकाहरु मालिक बन्ने र पछि उनिहरुले वेवास्ता गर्ने भएकाले आफैले अधिकारको लागि लड्नुपर्ने धारणा राखे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy