धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै छन्। मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको हो । यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा ९एमाले०ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएको थिए । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुन: ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ ।
मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा ९एमाले०को २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा ९माओवादी केन्द्र० को नौ र नेकपा ९एकीकृत समाजवादी० पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले बताए।
मधेस प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा ९एस० रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: