एजेन्सी । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले मङ्गलबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्न नयाँ मस्यौदा प्रस्तावमा मतदान गर्दैछ । यस सन्दर्भमा तेस्रो अमेरिकी भिटोको खतरा हुँदाहुँदै पनि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले मानवीयता रक्षाका लागि यो प्रक्रिया गरिरहेको दावी गरिरहेको छ ।
अल्जेरियाले तयार गरेको दस्तावेजमा तत्काल मानवीय युद्धविरामको माग गरिएको छ । इजरायलले दक्षिणी गाजा पट्टीको शहर राफाहमा सर्ने तयारी गरिरहेको बेला मतदान भएको छ । आक्रमण रोक्नका लागि चौतर्फी दबाब बढिरहेको छ । मस्यौदा प्रस्तावले प्यालेस्टिनी नागरिकको कारुणिक विस्थापन तथा गैरमानवीय कार्यको विरोध गर्दै सबै हमास बन्धकहरूको रिहाइको माग पनि गरिरहेको छ ।
संयुक्त राज्य अमेरिका र इजरायलले अस्वीकार गरेका अन्य अघिल्लो प्रस्ताव जस्तै नयाँ प्रस्तावले भने हमासको अक्टोबर ७ मा गरिएको आक्रमणको निन्दा गर्दैन । एफपी टोलीका अनुसार आक्रमणले दक्षिणी इजरायलमा लगभग १ हजार एक सय ६० जनाको ज्यान लिएको छ । जसमा अधिकांश निहत्था नागरिक रहेका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार इजरायलको जवाफी अभियानमा महिला तथा बालबालिका सहित गाजामा २९ हजार भन्दा बढी मानिस मारिएका छन् । संयुक्त राज्य अमेरिकाले अल्जेरियाको प्रस्ताव स्वीकार्य नभएको चेतावनी दिँदै यसलाई भिटो प्रयोग गर्ने धम्की दिएको छ ।
परिषद्को कार्यले परिस्थितिजन्य मद्दत गर्ने विषयमा विश्वास नगर्ने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी उप राजदूत रोबर्ट वुडले सोमबार बताए । उनले प्रस्ताव मतदानमा आएमा अगाडि नबढ्ने उल्लेख गरे । वुडका अनुसार युद्धविराम प्रस्ताव पारित भएपछि जारी नाजुक कूटनीतिक वार्ताले गाजाबाट बन्धकहरूको रिहाइ प्रक्रियालाई खतरामा पार्नेछ ।
संयुक्त राज्य अमेरिकाले यसको सट्टा वैकल्पिक मस्यौदा प्रस्तुत गर्ने एएफपीले सोमबार उल्लेख गरेको छ। यद्यपि उक्त प्रस्तावमा समावेश गरिएको युद्धविराम शब्दको संयुक्त राज्य अमेरिकाले पहिले बेवास्ता गर्दै अक्टोबर – डिसेम्बरमा दुई ड्राफ्टहरू माथि भिटो प्रयोग गरेको थियो । अमेरिकाको उक्त कदमबाट तत्काल युद्ध विराम हुने कुनै छनक देखिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: