एजेन्सी । युएन मिसनको रिपोर्टअनुसार अफगानिस्तानमा तालिबानको आदेश, बोझिलो पहिरन तथा अभिभावक माथि लादिएको अभियानको कारण अफगान महिला एक्लै आफ्नो घर छोड्न डराउँने गरेको देखाएको छ ।
कतारको राजधानी दोहामा आयोजित बैठक अघि जारी गरिएको रिपोर्टमा सदस्य राष्ट्र र अफगानिस्तानका लागि विशेष दूतहरूले तालिबानसँग संलग्नता बारे छलफल गर्ने अपेक्षा गरेको छ । तालिबानले सन् २०२१ मा सत्ता सम्हालेपछि महिलालाई सार्वजनिक जीवनका अधिकांश क्षेत्रहरूमा प्रतिबन्ध लगाएउदै केटीहरूलाई छ कक्षा भन्दा माथिको शिक्षाको पहुँच निशेध गरेको छ ।
महिलाहरूको काम, यात्रा र स्वास्थ्य सेवाको पहुँचसमेत प्रतिबन्ध गरी अविवाहित वा पुरुष अभिभावक नभएकाहरु समेतलाई तालिबानको अभियानको पालना नगरे पक्राउ गरिरहेको छ । रिपोर्टले गिरफ्तारी, उत्पीडन र धम्किपूर्ण आदेश लागु गरिएको उल्लेख गरेको छ । महिलालाई गिरफ्तारी धम्की, प्रहरी हिरासत जानुपर्ने दीर्घकालीन कलङ्क र लाजका कारण सार्वजनिक स्थानमा जान डर बढ्दै गएको जनाएको छ ।
रिपोर्टका लागि अन्तरवार्तामा सहभागी अधिकाशं महिलाले पुरुष अभिभावक वा संरक्षक बिना घरबाट बाहिर निस्कन असुरक्षित महसुस गरेको बताएका छन् । महिलालाई लक्षित गरी नयाँ आदेश घोषणा गर्दा उनीहरूको सुरक्षा र चिन्ताको जोखिम बढ्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तो खालको प्रतिबन्दले घर बाहिर जाने उत्पे्ररणा तथा फुर्सदको क्षणको आनन्द लिने सम्भावनासमेत घटेर जाने रिपोर्टले जनाएको छ । केही महिलाले दिएको जानकारीअनुसार पुरुष पनि महिलासँग घर छोड्न डराउने र अनिच्छुक रहेकाले उनीहरूमा तालिबानको व्यापक तथा मानवता विरोधी उत्पीडनको पर्दाफास भइरहेको छ ।
रिपोर्टको टिप्पणीका लागि तालिबानको नैतिकता प्रहरी आदेश लागू गर्न मन्त्रालयबाट तुरुन्तै उपलब्ध भएनन् । मानवअधिकार निगरानीकी हिथर बारले एसोसिएटेड प्रेसलाई अफगान महिलाको साथ नदिई घर छोड्ने डर हानिकारक र विनाशकारी भएता पनि आश्चर्य जनक नभएको बताए ।
महिलाहरूलाई घरबाट बाहिर निस्कनबाट डराउनु तालिबानको विशेष लक्ष्य जस्तो देखिएको उनले बताए । दोहामा आयोजित सो छलफलमा यो विषयले प्रश्न खडा गरेको उनले बताउँदै बैठकको उद्देश्य सङ्कटको मात्रा नभई विश्वभरका महिलाका लागि आश्चर्य जनक भने ।
अफगानिस्तानका लागि इयु दूतले गत वर्ष तालिबानलाई चेतावनी दिँदै महिलामाथि लगाइएको प्रतिबन्ध नहटाएसम्म स्वात्त देशको वैध सरकारको अन्तर्राष्ट्रिय मान्यता असम्भव रहने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: