Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

पहिरन तथा तालिबानको आदेशका कारण अफगान महिला एक्लै बाहिर जान डराउँछन् : संयुक्त राष्ट्रसङ्घ

खबरडबली संवाददाता

एजेन्सी । युएन मिसनको रिपोर्टअनुसार अफगानिस्तानमा तालिबानको आदेश, बोझिलो पहिरन तथा अभिभावक माथि लादिएको अभियानको कारण अफगान महिला एक्लै आफ्नो घर छोड्न डराउँने गरेको देखाएको छ ।  

कतारको राजधानी दोहामा आयोजित बैठक अघि जारी गरिएको रिपोर्टमा सदस्य राष्ट्र र अफगानिस्तानका लागि विशेष दूतहरूले तालिबानसँग संलग्नता बारे छलफल गर्ने अपेक्षा गरेको छ । तालिबानले सन् २०२१ मा सत्ता सम्हालेपछि महिलालाई सार्वजनिक जीवनका अधिकांश क्षेत्रहरूमा प्रतिबन्ध लगाएउदै केटीहरूलाई छ कक्षा भन्दा माथिको शिक्षाको पहुँच निशेध गरेको छ । 

महिलाहरूको काम, यात्रा र स्वास्थ्य सेवाको पहुँचसमेत प्रतिबन्ध गरी अविवाहित वा पुरुष अभिभावक नभएकाहरु समेतलाई तालिबानको अभियानको पालना नगरे पक्राउ गरिरहेको छ । रिपोर्टले गिरफ्तारी, उत्पीडन र धम्किपूर्ण आदेश लागु गरिएको उल्लेख गरेको छ । महिलालाई गिरफ्तारी धम्की, प्रहरी हिरासत जानुपर्ने दीर्घकालीन कलङ्क र लाजका कारण सार्वजनिक स्थानमा जान डर बढ्दै गएको जनाएको छ ।  

रिपोर्टका लागि अन्तरवार्तामा सहभागी अधिकाशं महिलाले पुरुष अभिभावक वा संरक्षक बिना घरबाट बाहिर निस्कन असुरक्षित महसुस गरेको बताएका छन् । महिलालाई लक्षित गरी नयाँ आदेश घोषणा गर्दा उनीहरूको सुरक्षा र चिन्ताको जोखिम बढ्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तो खालको प्रतिबन्दले घर बाहिर जाने उत्पे्ररणा तथा फुर्सदको क्षणको आनन्द लिने सम्भावनासमेत घटेर जाने रिपोर्टले जनाएको छ । केही महिलाले दिएको जानकारीअनुसार पुरुष पनि महिलासँग घर छोड्न डराउने र अनिच्छुक रहेकाले उनीहरूमा तालिबानको व्यापक तथा मानवता विरोधी उत्पीडनको पर्दाफास भइरहेको छ । 

रिपोर्टको टिप्पणीका लागि तालिबानको नैतिकता प्रहरी आदेश लागू गर्न मन्त्रालयबाट तुरुन्तै उपलब्ध भएनन् । मानवअधिकार निगरानीकी हिथर बारले एसोसिएटेड प्रेसलाई अफगान महिलाको साथ नदिई घर छोड्ने डर हानिकारक र विनाशकारी भएता पनि आश्चर्य जनक नभएको बताए । 

महिलाहरूलाई घरबाट बाहिर निस्कनबाट डराउनु तालिबानको विशेष लक्ष्य जस्तो देखिएको उनले  बताए । दोहामा आयोजित सो छलफलमा यो विषयले प्रश्न खडा गरेको उनले बताउँदै बैठकको उद्देश्य सङ्कटको मात्रा नभई विश्वभरका महिलाका लागि आश्चर्य जनक भने । 

अफगानिस्तानका लागि इयु दूतले गत वर्ष तालिबानलाई चेतावनी दिँदै महिलामाथि लगाइएको प्रतिबन्ध नहटाएसम्म स्वात्त देशको वैध सरकारको अन्तर्राष्ट्रिय मान्यता असम्भव रहने बताएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE