काठमाडौं । नेपालीको कांग्रेसको जारी महासमिति बैठकमा ८ सय बढी नेताले ‘हिन्दु राष्ट्र’ को पक्षमा हस्ताक्षर गरेका छन् । बैठकमा उपस्थित भएका ८ सय महासमिति सदस्य र ३८ केन्द्रीय सदस्यले सनातन हिन्दु राज्य नेपाल कांग्रेसको नीति हुनुपर्ने पक्षमा हस्ताक्षर गरेका हुन् ।
सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा नेपाली कांग्रेसका नेता शंकर भण्डारी नेतृत्वको सनातन हिन्दु राष्ट्र पुनर्स्थापना महाअभियानले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेकाे छ । पार्टीका केन्द्रीय सदस्य, महासमिति सदस्य तथा कांग्रेसका कार्यकर्ताहरुले उत्साहजनक रुपमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सो महाअभियानका केन्द्रीय सचिव तथा कांग्रेसका पूर्व महासमिति सदस्य भरतराज पौडेले बताए ।
बैठकमा एजेण्डाका रुपमा यो विषय प्रवेश गरेको छैन नि भन्ने हाम्रो प्रश्नमा पौडेलले कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण बहुमतको निर्णयलाई कार्यान्वयन गर्न सो हस्ताक्षर अभियानले बल दिने दाबी गरे । नेपालको भविष्य सनातन हिन्दूराष्ट्रतिर रहेको बताउँदै उनले यसले मात्र नेपालको दिगो शान्ति र विकासको आधार बन्ने दाबी गरे ।
पार्टीका केन्द्रीय स्तरका नेताहरुमा शंशाक कोइराला, रामहरी खतिवडा लगायतका नेताहरुले हस्ताक्षर गरेका छन् । नेता खतिवडाले हस्ताक्षर गर्दैमा हिन्दूराष्ट्र नहुने बताउँदै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताउँदै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखलले कांग्रेसका विभिन्न मञ्चहरुमा हिन्दु राष्ट्रको पक्षमा बिचार उठ्ने गरेको बताए । यो विषय कांग्रेसमा अनौपचारिक छलफलको विषयमात्र रहेको उनले बताए ।
यो अभियानलाई नेतृत्व गरिरहेका कांग्रेस नेता शंकर भण्डारी हिन्दु राष्ट्र नेपाल धर्मसँग मात्र सम्बन्धित नभई हाम्रो राष्ट्रियतासँग जोडिएको विषय भएकोले यसलाई नीतिको रुपमा अघि बढाउनुपर्ने बताए ।
उनले संविधान जारी गर्ने क्रममा त्रुटि भएकोले त्यसलाई सच्याउन, नेपाली जनताको भावना अनुसार चल्न र राष्ट्रियता बचाउनका लागि कांग्रेसले यो नीति लिनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: