Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कांग्रेसका ८ सयभन्दा बढी नेताले गरे ‘हिन्दु राष्ट्र’ को पक्षमा हस्ताक्षर

खबरडबली संवाददाता

काठमाडौं । नेपालीको कांग्रेसको जारी महासमिति बैठकमा ८ सय बढी नेताले  ‘हिन्दु राष्ट्र’ को पक्षमा हस्ताक्षर गरेका छन् । बैठकमा उपस्थित भएका  ८ सय  महासमिति सदस्य र ३८ केन्द्रीय सदस्यले सनातन हिन्दु राज्य नेपाल कांग्रेसको नीति हुनुपर्ने पक्षमा हस्ताक्षर गरेका हुन् । 

सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा नेपाली कांग्रेसका नेता शंकर भण्डारी नेतृत्वको सनातन हिन्दु राष्ट्र पुनर्स्थापना महाअभियानले  हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेकाे छ । पार्टीका केन्द्रीय सदस्य, महासमिति सदस्य तथा कांग्रेसका कार्यकर्ताहरुले उत्साहजनक रुपमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सो महाअभियानका केन्द्रीय सचिव तथा कांग्रेसका पूर्व महासमिति सदस्य भरतराज पौडेले  बताए ।  

बैठकमा एजेण्डाका रुपमा यो विषय प्रवेश गरेको छैन नि भन्ने हाम्रो प्रश्नमा पौडेलले कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण बहुमतको निर्णयलाई कार्यान्वयन गर्न सो हस्ताक्षर अभियानले बल दिने दाबी गरे । नेपालको भविष्य सनातन हिन्दूराष्ट्रतिर रहेको बताउँदै उनले यसले मात्र नेपालको दिगो शान्ति र विकासको आधार बन्ने दाबी गरे । 

पार्टीका केन्द्रीय स्तरका नेताहरुमा शंशाक कोइराला, रामहरी खतिवडा लगायतका नेताहरुले हस्ताक्षर गरेका छन् । नेता खतिवडाले हस्ताक्षर गर्दैमा हिन्दूराष्ट्र नहुने बताउँदै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताउँदै आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखलले कांग्रेसका विभिन्न मञ्चहरुमा हिन्दु राष्ट्रको पक्षमा बिचार उठ्ने गरेको बताए । यो विषय कांग्रेसमा अनौपचारिक छलफलको विषयमात्र रहेको उनले बताए । 

यो अभियानलाई नेतृत्व गरिरहेका कांग्रेस नेता शंकर भण्डारी हिन्दु राष्ट्र नेपाल धर्मसँग मात्र सम्बन्धित नभई हाम्रो राष्ट्रियतासँग जोडिएको विषय भएकोले यसलाई नीतिको रुपमा अघि बढाउनुपर्ने बताए । 

उनले संविधान जारी गर्ने क्रममा त्रुटि भएकोले त्यसलाई सच्याउन, नेपाली जनताको भावना अनुसार चल्न र राष्ट्रियता बचाउनका लागि कांग्रेसले यो नीति लिनुपर्ने बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending