एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको मङ्गलबार घोषणा गरेका छन् । उनले अमेरिका समान रुसले अन्तरिक्ष क्षमता विकसित गरेको दाबी गरे ।
रुसले ‘चिन्तित तुल्याउने’ उपग्रह–विरोधी हतियार क्षमता हासिल गरेको ह्वाइट हाउसको गत साताको पुष्टिपछि पुटिनको उक्त भनाइ आएको हो । यद्यपि अहिलेसम्म यस्तो प्रकारको कुनै पनि हतियार सञ्चालनमा छैन ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यो अन्तर्राष्ट्रिय बाह्य अन्तरिक्ष सन्धिको उल्लङ्घन हुने बताए । यद्यपि उनले हतियार आणविक–सक्षम हो कि होइन भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरे ।
रुससहित एक सय ३० भन्दा बढी देशले हस्ताक्षर गरेको सन्धिले अन्तरिक्ष कक्षमा ‘आणविक हतियार वा कुनै पनि अन्य प्रकारका सामूहिक विनाशका हतियार’ तैनाथ गर्न वा ‘कुनै अन्य तरिकाले बाहिरी अन्तरिक्षमा हतियार राख्न’ निषेध गर्दछ । ह्वाइट हाउसले चिन्ताहरूबारे रुसीहरूसँग सिधै कुराकानी गर्ने बताएको छ ।
“हाम्रो स्थिति बिल्कुल स्पष्ट र पारदर्शी छ : हामी सधैँ अन्तरिक्षमा आणविक हतियारको तैनाथीको स्पष्टरूपमा विरोध गर्दै आएका छौँ र गरिरहने छौँ”, पुटिनले भने, “यसको ठिक विपरीत, हामी सबैसँग यस क्षेत्रमा अवस्थित सबै सम्झौतालाई पालना गर्न आग्रह गरिरहेका छौँ ।”
आफ्ना रक्षमन्त्री सर्गेई शोइगुसँगको एक बैठकका क्रममा पुटिनले भने, “रुसले त्यही मात्र अन्तरिक्ष क्षमता विकसित गरेको छ जुन अमेरिकासहित अन्य मुलुकसँग छ, र उनीहरूलाई यो थाहा छ ।” शोइगुले भने, “हामीले उपग्रहहरूविरुद्ध प्रयोग गर्न वा यस्तो क्षेत्र बनाउनका लागि उपग्रहले कुशलतापूर्वक काम गर्न नसक्ने गरी अन्तरिक्षमा कुनै आणविक हतियार वा त्यसको कुनै पनि तत्वलाई तैनाथ गरेका छैनौँ ।”
रक्षामन्त्री शोइगुले ह्वाइट हाउसमाथि युक्रेनलाई सहायताका लागि समर्थन गर्न कांग्रेसलाई बाध्य बनाउन र रुसले युक्रेनलाई लिएर अमेरिकासँगको तनावका बीचमा स्थगित गरेको आणविक हतियार नियन्त्रण वार्तामा पुनः सामेल हुन मस्कोलाई प्रोत्साहित गर्नका लागि गरेको हुनुपर्ने आरोप लगाए ।
राष्ट्रपति पुटिनले अमेरिकासँग सम्भावित सम्पर्कहरूलाई अस्वीकार गरेनन्, तर युक्रेनमा रुसको पराजयका लागि वासिङ्टनको दबाबले आफूहरूलाई असम्भव बनाएको आफ्नो धारणालाई पुष्टि गरे । “अमेरिका र पश्चिमले एउटा कुराका लागि रुसको रणनीतिक पराजयको आह्वान गरिरहेका छन् भने दोस्रोतर्फ चिजहरू जोडिएका छैनन भन्ने बहाना गर्दै उनीहरू रणनीतिक स्थिरतामा कुराकानी गर्न चाहन्छन्”, उनले भने, “यसले काम गर्दैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...
पौष ८ गते, २०८२ - १८:०९
कोलम्बो । भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्म...
पौष ८ गते, २०८२ - १८:०५
बाँके । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता...
पौष ८ गते, २०८२ - १८:०२
महोत्तरी । आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्री...
पौष ८ गते, २०८२ - १७:५९
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला न...




प्रतिकृया लेख्नुहोस्: