Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

युरोपमा ग्यासकाे माग कटौती

खबरडबली संवाददाता

एजेन्सी । युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपले आफ्नो ग्यासको  मागमा २० प्रतिशतले कटौती गरेको र नवीकरणीय ऊर्जा तथा दक्षता वृद्धिका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को माग आगामी वर्ष उच्च हुने बुधबार प्रकाशित एक अध्ययनमा उल्लेख छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणले युरोपेली मुलुकहरूले पाइपलाइनमार्फत वितरित रुसी प्राकृतिक ग्यासबाट ठूलो परिवर्तन ल्याए । यसमा उनीहरूले सीमति आपूर्तिका लागि अन्तर्राष्ट्रिय बजारहरूमा प्रतिस्पर्धा गर्दा एलएनजीको मूल्य बढ्यो । 

सीमित सङ्ख्यामा आयात टर्मिनलहरूका साथ युरोपेली मुलुकहरू उपभोगलाई नियन्त्रण गर्नका लागि उपायहरू लिन बाध्य भए तर उनीहरूले आवासीय हिटिङ वा बिजुली उत्पादनमा कटौती नगरी सन् २०२२–२०२३ को जाडोमा यसबाट पार पाए । 

रुसी आक्रमण सुरु भएदेखि नै मुख्यरूपमा जर्मनी, इटाली र बेलायतले चलाएको युरोपेली ग्यासको मागमा २० प्रतिशतले कमी आएको इन्स्टिच्युट फर इनर्जी इकोनमिक्स एन्ड फाइनान्सियल एनालिसिस (आइइइएफए) ले बताएको छ । यसले ऊर्जा दक्षता तथा माग व्यवस्थापन उपायहरू, मागमा उच्च मूल्यको प्रभावका साथै हल्का जाडोको तापक्रममा गिरावटलाई कम गरिदियो । 

“युरोपले ऊर्जा सङ्कटलाई सफलतापूर्वक पार गरेको छ र ग्यासको उपयोगमा अङ्कुश लगाउन स्वयंलाई तयार गरेको छ, यसको श्रेय दक्षता उपायहरू र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई जान्छ”, आइइइएफएले भनेको छ ।

सौर्य र वायुको थप परिचालन, घरेलु हिटिङका लागि ग्यास बोयलरबाट हिट पम्पमा स्विच र अतिरिक्त दक्षता उपायहरूको अर्थ सन् २०२५ मा एलएनजीको माग उच्च हुनेछ ।

ऊर्जा बजार र नीतिहरूसँग सम्बन्धित मुद्दाको अध्ययन गर्ने अन्तर्राष्ट्रिय समूहले सन् २०२३ मा आयात स्थिर रहेको र आगामी वर्ष माग उच्च हुने सम्भावना भए पनि एलएनजी टर्मिनल निर्माणको हतार जारी रहेको बताएको छ । 

सन् २०२२ फेब्रुअरीमा आठ टर्मिनल सञ्चालनको तुलनामा सन् २०३० सम्म १३ वटा टर्मिनल सञ्चालन हुने अपेक्षा गरिएको छ ।आइइइएफएले दशकको अन्त्यसम्ममा आयात क्षमता एलएनजी मागभन्दा तीन गुणा हुने जोखिममा रहेको बताएको छ । 

आइइइएफएले रुसी एलएनजीले रुसी ग्यासको एक हिस्सालाई प्रतिस्थापन गरेको बताएको छ । रुसी एलएनजीलाई युरोपले पाइपलाइनमार्फत आयात गरिरहेको थियो । सन् २०२१ र सन् २०२३ को बीचमा रुसी एलएनजी आयातमा ११ प्रतिशतले वृद्धि भएको छ । यद्यपि अमेरिकाले एलएनजी आयातमा प्रभूत्व जमाएको छ । यसबाट नयाँ निर्भरता सिर्जना हुने खतरा छ । 

“एउटा स्रोतमा धेरै निर्भर गरेर ऊर्जा आपूर्तिको सुरक्षालाई जोखिममा पार्ने खतराहरू अनुभव गरिसकेपछि युरोपले आफ्ना विगतका गल्तीहरूबाट पाठ सिक्नुपर्छ र गत वर्ष आफ्नो एलएनजी आयातको करिब आधा लाभ हासिल गरेको अमेरिकामा अधिक निर्भर हुनबाट जोगिनुपर्छ”, आइइइएफएका प्रमुख युरोप विश्लेषक मारिया जाल्लर–मकारेभिचले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE