काठमाडौं । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि काठमाडौँको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा आयोजना गरेको श्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञबाट रु एक करोड ७५ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।
गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले यही फाुगन १ देखि आजसम्म उक्त महायज्ञको आयोजना गरेको थियो ।
उक्त महायज्ञबाट रु एक करोड ७५ लाखभन्दा बढी रकम सङ्कलन भएको आयोजक समितिका संयोजक डा गोविन्द टन्डनले जानकारी दिए । सो महायज्ञमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उक्त सहयोग उपलब्ध गराएका थिए ।
नेपालमा हाल कूल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिका पढ्ने गरेका छन् । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहसंयोजक पौडेलले बताए । उनले देवघाट धाममा स्थापित पहिलो समावेशी गार्गी कन्या गुरुकुललाई स्थापनाकाल देखिनै अभिभावकीय भूमिका निर्वाह गरेको जानकारी दिए ।
महायज्ञमा भागवत वाचक पण्डित कुबेर सुवेदीले भागवत कथा वाचन गरेका थिए भने युवा पण्डित सुशीलकुमार वाग्ले उपवाचक रहेका थिए । कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो । गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित ८० कन्या पाँचदेखि ११ कक्षासम्म अध्ययनरत छन् ।
प्रसिद्ध विदूषी स्वर्गीय अङ्गुरबाबा जोशीको सदिच्छाअनुसार काठमाडौँमा विसं २०६७ देखि गार्गी कन्या गुरुकुलको स्थापना गरिएको हो । विसं २०७५ देखि भरतपुर–देवघाट धाम चितवनमा गार्गी कन्या गुरुकुल सञ्चालनमा रहेको छ ।
नेपालमा दुई सय ५० भन्दाबढी गुरुकुल दर्ता भए पनि एक सय ५० जति मात्र सञ्चालनमा रहेका राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष गोदा सुवेदीले जानकारी दिए । पछिल्लो समयमा सबैका लागि संस्कृत शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: