काठमाडौं । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि काठमाडौँको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा आयोजना गरेको श्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञबाट रु एक करोड ७५ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।
गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले यही फाुगन १ देखि आजसम्म उक्त महायज्ञको आयोजना गरेको थियो ।
उक्त महायज्ञबाट रु एक करोड ७५ लाखभन्दा बढी रकम सङ्कलन भएको आयोजक समितिका संयोजक डा गोविन्द टन्डनले जानकारी दिए । सो महायज्ञमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उक्त सहयोग उपलब्ध गराएका थिए ।
नेपालमा हाल कूल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिका पढ्ने गरेका छन् । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहसंयोजक पौडेलले बताए । उनले देवघाट धाममा स्थापित पहिलो समावेशी गार्गी कन्या गुरुकुललाई स्थापनाकाल देखिनै अभिभावकीय भूमिका निर्वाह गरेको जानकारी दिए ।
महायज्ञमा भागवत वाचक पण्डित कुबेर सुवेदीले भागवत कथा वाचन गरेका थिए भने युवा पण्डित सुशीलकुमार वाग्ले उपवाचक रहेका थिए । कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो । गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित ८० कन्या पाँचदेखि ११ कक्षासम्म अध्ययनरत छन् ।
प्रसिद्ध विदूषी स्वर्गीय अङ्गुरबाबा जोशीको सदिच्छाअनुसार काठमाडौँमा विसं २०६७ देखि गार्गी कन्या गुरुकुलको स्थापना गरिएको हो । विसं २०७५ देखि भरतपुर–देवघाट धाम चितवनमा गार्गी कन्या गुरुकुल सञ्चालनमा रहेको छ ।
नेपालमा दुई सय ५० भन्दाबढी गुरुकुल दर्ता भए पनि एक सय ५० जति मात्र सञ्चालनमा रहेका राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष गोदा सुवेदीले जानकारी दिए । पछिल्लो समयमा सबैका लागि संस्कृत शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: