विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको भएको दोस्रो चरणको वार्ता तीन बुँदे आंशिक सहमतिपछि सकिएको छ । बुधबार विराटनगरको इस्टर्नस्टार होटलमा भएको सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिको वार्ता आंशिक सहमतिपछि सकिएको हो।
दुई पक्षको वार्ता टोलीबीच प्रदेशको पुनः नामांकनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्तासम्ममा पहल गर्ने सहमति वार्ता टोलीका सदस्य सचिव आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले बताए।
त्यस्तै फागुन मसान्तसम्ममा प्रदेश खारेजीको आन्दोलनका क्रममा घाइते भएकाहरूको तथ्यांक संकलन गरिने सहमति भएको छ, जसका लागि प्रदेश सरकार र आन्दोलनरत पक्षबाट दुई-दुई जना प्रतिनिधिसहित कार्यदल बनाइने छ।
उक्त कार्यदलले उपचार खर्चको विवरणसमेत संकलन गरी आगामी वार्तामा पेस गर्ने सहमति भएको छ । यसअघि आन्दोलनकारीलाई लागेका सबै मुद्दा फिर्ता गर्ने सहमति पनि कोशी सरकारले गरेको छ ।
यसैगरी कोशी नामकरणका दिन आगामी फागुन १७ मा पहिचान पक्षधरले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने छन् । नामकरण भएको दिनलाई शान्तिपूर्ण विरोध गर्ने आन्दोलनरत वार्ता टोलीका संयोजक डकेन्द्रसिं थेगिमले जानकारी दिए। नामकरण भएको दिनलाई कालो दिनका रूपमा मनाउने उनले बताए ।
यसअघिको वार्तामा दुईपक्षबीच पाँच बुँदे सहमति भएको थियो। सो सहमतिलाई कार्यान्वयन गर्ने पनि सहमति भएको छ। गत फागुन १७ गते प्रदेशको नामकरण भएपछि पहिचान पक्षधर आन्दोलनरत छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: