गण्डकी । तनहुँको दुलेगाैँडा हुँदै स्याङ्जाको रामबाछा जोडिने नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा पूर्वाधार विकासका लागि योजना छनोटको तयारी गरिएको छ । पदमार्गको पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा नेपाल पर्यटन बोर्डले रु ५० लाख विनियोजन गरेकामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले पदमार्ग क्षेत्रका अत्यावश्यकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिने गरी स्थलगत अनुगमन गरेको हो ।
योजना छनोटका सन्दर्भमा यसअघि गत माघ २२ गते समितिले पदमार्ग क्षेत्रका जनप्रतिनिधि, घरबास सञ्चालक एवं सरोकारवाला निकायसँग छलफल गरेको थियो । योजना छनोटका लागि स्याङ्जातर्फ वालिङ नगरपालिका–३ बुढाकोट, वडा नं ४ एलादी क्यानोनिङ, बिरुवा गाउँपालिका–७ स्थित कुमेर्दुङ, वडा नं ८ स्थित भासिपोखरी, भिर्कोट नगरपालिका–२ स्थित केगा देउराली, वडा नं ३ स्थित कोखे झरनाको स्थलगत अवलोकन गरिसकिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका–११ स्थित गोकुल पार्क, एक्लेडाँडा, लामागाउँस्थित तमु सङ्ग्रहालय जानेबाटो तथा पार्कलगायत स्थानको पनि स्थलगत अनुगमन गरिएको बताउँदै उनले यीमध्ये अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने स्थानमा योजना सञ्चालन गरिने जानकारी दिए ।
पर्यटन मन्त्रालयबाट पदमार्गका लागि प्राप्त रु २० लाख अन्तर्गत पुतलीबजार नगरपालिका–१२ स्थित गैरै स्वाँहाराबाट बानेथोक देउरालीसम्म बाटोका लागि रु १० लाख विनियोजन गरी काम सम्पन्न भएपछि समितिले स्थलगत अनुगमन गरेको महसचिव गुरुङले जानकारी दिए ।
मन्त्रालयबाट प्राप्त रकममध्ये १० लाख शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढीबाटो निर्माण गरिएको उनले बताए । पछिल्लो समयमा पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: