Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सहस्राब्दी पदमार्गमा पूर्वाधार विकासका योजना छनोट गरिँदै

खबरडबली संवाददाता

गण्डकी । तनहुँको दुलेगाैँडा हुँदै स्याङ्जाको रामबाछा जोडिने नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा पूर्वाधार विकासका लागि योजना छनोटको तयारी गरिएको छ । पदमार्गको पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा नेपाल पर्यटन बोर्डले रु ५० लाख विनियोजन गरेकामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले पदमार्ग क्षेत्रका अत्यावश्यकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिने गरी स्थलगत अनुगमन गरेको हो ।

योजना छनोटका सन्दर्भमा यसअघि गत माघ २२ गते समितिले पदमार्ग क्षेत्रका जनप्रतिनिधि, घरबास सञ्चालक एवं सरोकारवाला निकायसँग छलफल गरेको थियो । योजना छनोटका लागि स्याङ्जातर्फ वालिङ नगरपालिका–३ बुढाकोट, वडा नं ४ एलादी क्यानोनिङ, बिरुवा गाउँपालिका–७ स्थित कुमेर्दुङ, वडा नं ८ स्थित भासिपोखरी, भिर्कोट नगरपालिका–२ स्थित केगा देउराली, वडा नं ३ स्थित कोखे झरनाको स्थलगत अवलोकन गरिसकिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । 

शुक्लागण्डकी नगरपालिका–११ स्थित गोकुल पार्क, एक्लेडाँडा, लामागाउँस्थित तमु सङ्ग्रहालय जानेबाटो तथा पार्कलगायत स्थानको पनि स्थलगत अनुगमन गरिएको बताउँदै उनले यीमध्ये अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने स्थानमा योजना सञ्चालन गरिने जानकारी दिए । 

पर्यटन मन्त्रालयबाट पदमार्गका लागि प्राप्त रु २० लाख अन्तर्गत पुतलीबजार नगरपालिका–१२ स्थित गैरै स्वाँहाराबाट बानेथोक देउरालीसम्म  बाटोका लागि रु १० लाख विनियोजन गरी काम सम्पन्न भएपछि समितिले स्थलगत अनुगमन गरेको महसचिव गुरुङले जानकारी दिए । 

मन्त्रालयबाट प्राप्त रकममध्ये १० लाख शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा  सिँढीबाटो निर्माण गरिएको उनले बताए । पछिल्लो समयमा पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काम गरेर जनताको विश्वास जित्न सकिन्छ: उपाध्यक्ष ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले कुरा गरेर मात्र जनताले नपत्याउने भन्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास जितेर काम गर्न आग्...

सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल सुरु

कैलाली । ६ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ । आजको बैठकको प्रारम्भमा आर्थिक मामिला...

गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मतसम्भार र सु...

'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप' उपाधि भ्याली भ्यु स्कुललाई

काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको 'चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप'को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कु...

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन: संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।  इरान समर्थित ह...

अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपालका विवेक दोस्रो

काठमाडौं । नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो भएका छन् ...

विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौं । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नार...

मोरङका अस्पतालमा रगतको अभाव

बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरा...

कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने: सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन् ।  ...

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३-० गोल अन्तरले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy