लखनउ। उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार सो दुर्घटना परी मृत्यु हुनेको संख्या बढ्न सक्छ ।
जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारणा यस दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाएका हुन ।
यस दुर्घटनामा ठूलो संख्यामा मानिसको ज्यान गएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन् । ४ बालबालिकालाई गम्भीर अवस्थामा अस्पताल पठाइएको छ । दुर्घटनामा परी ट्याक्टरमा सवार सबै जैथरा थानाको छोटा कासा गाउँका बासिन्दा हुन् । माघ पूर्णिमाको अवसरमा यी मानिसहरू कासगञ्जको पटियालीस्थित कादरगञ्ज गंगाघाटमा गंगा स्नान गर्न गइरहेका थिए।
दर्दनाक दुर्घटना दरियावगञ्ज पटियाली सडकको गढई गाउँ नजिक भएको हो । उद्दार र उपचार दुवै जारी रहेको स्थानिय प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८१ - १७:०२
काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतगणना आयोगको वेबसाइटमा अद्यावधिक गर्ने भएको छ। आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका ...
मंसिर १४ गते, २०८१ - १६:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै तीन दिनसम्म काठमाडौं हिरासतमा रहने भएका छन्। बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएक...
मंसिर १४ गते, २०८१ - १६:१९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजका लागि बयान सकिएको छ । आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन् । हिजो काठम...
मंसिर १४ गते, २०८१ - १६:१५
लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् । लुम्बिनी बौद्ध विश्वव...
मंसिर १४ गते, २०८१ - १६:०७
लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित व...
मंसिर १४ गते, २०८१ - १५:५६
काठमाडौं । भारतीय आपराधिक समूह ‘लरेन्स विश्वोई’को सदस्य भन्दै नेपाली व्यवसायीहरूलाई धम्की दिने दुर्गा प्रसाईंका व्यक्ति रहेको खुलेको छ। विश्वईको सद...
मंसिर १४ गते, २०८१ - १५:४९
काठमाडौं । बिबादस्पद मेडिकल ब्यावसायी थप ५ दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला अदालत काठमाडौँले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल...
मंसिर १४ गते, २०८१ - १५:३७
नयाँदिल्ली। बलिउडमा सफल करियरको आनन्द लिएपछि कंगना रनौत अहिले राजनीतिमा पनि आफ्नो स्थान बनाउन थालेकी छिन् । अभिनेत्री भारतीय जनता पार्टी (बीजेपी) क...
मंसिर १४ गते, २०८१ - १५:२१
काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ स...
मंसिर १४ गते, २०८१ - १५:१६
सिन्धुली। रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ सिमलडाँडामा भएको उक्त दुर्घटनामा ५ जनाको...
प्रतिकृया लेख्नुहोस्: