Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

शान्तिका लागि वार्ता प्रयास जारी रहँदा गाजामा सयौँको मृत्यु, इजरायली प्रतिनिधिमण्डल पेरिसमा

खबरडबली संवाददाता

एजेन्सी । इजरायली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूहरूद्वारा बन्धक बनाइएका बन्धकहरूको फिर्तीको पयासलाई जारी राख्दै वार्ताको लागि पेरिसमा रहेका बेला गाजामा रातभर भएको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सार्वजनिक गरेको युद्धपछिको गाजाको योजनालाई शुक्रबार प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले आलोचना र प्यालेस्टिनी प्रशासन र हमासले अस्वीकार गरेपछि पेरिस वार्ताको पहल भएको हो । अनिकालको बढ्दो जोखिमबारे संयुक्त राष्ट्रसङ्घको चेतावनी र प्यालेस्टिनीहरूका लागि यसको मुख्य सहायता निकाय यूएनडब्ल्यूआरएले शनिबार बिहानै गाजावासीहरू ‘चरम सङ्कटमा रहेको’ र विश्वले यसलाई हेरिरहेको बताएको छ ।

एएफपीको फुटेजमा शुक्रबार उत्तरी क्षेत्रमा खानाका लागि लामबद्ध भएका गाजाका विक्षिप्त नागरिकहरू आफुहरूको पीडा व्यक्त गर्दै प्रदर्शन गरिरहेको देखिएको छ । जबालियानिवासी अहमद अतेफ साफीले भने, “हेर्नुस, हामी खाद्यन्नको लागि एकआपसमा सङ्घर्ष गरिरहनुपरेको छ । हामी कहाँ जाने?”

“हामीसँग पानी छैन, पीठो छैन र भोकले गर्दा हामी धेरै थकित छौं । आगो र धुवाँका कारण हाम्रो ढाड र आँखा दुखेको छ,” जाबालियानिवासी ओम वाज्दी सलहाले एएफपीसँग भने । “भोक र खानाको अभावका कारण हामी आफ्नो खुट्टामा उभिन सक्दैनौं ।”

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकाय ओसिएचएले सामाजिक सञ्जाल एक्समा शुक्रबार राति जारी गरेको वक्तव्यमा भनिएको छ, “पर्याप्त खाद्यान्न र पानीको आपूर्तिका साथै स्वास्थ्य र पोषण सेवाको अभावमा गाजामा अनिकालको उच्च जोखिम बढ्ने अनुमान गरिएको छ । 

यसैबीच, मोसाद गुप्तचर निकायका प्रमुख डेभिड बार्नियाको नेतृत्वमा इजरायली प्रतिनिधिमण्डल बाँकी बन्धकहरूलाई फिर्ता गर्ने सम्झौताका लागि शनिबार पेरिसमा पुगेको छ । बार्नियासँगै शिन बेट सुरक्षा निकायका रोनेन बार पनि सहभागी हुने इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, इजिप्ट र कतार सबै युद्धविराम र कैदी तथा बन्धक आदान–प्रदान सुनिश्चित गर्ने उद्देश्यले विगतका वार्ताहरूमा सहभागी हुँदै आएका छन् । नेतन्याहूको सरकारमाथि युद्धविरामका लागि वार्ता गर्न र चार महिनाभन्दा बढीको युद्धपछि बन्धकहरूको रिहाई सुनिश्चित गर्न दबाब बढ्दै गएको छ, बन्दीहरूको परिवारको प्रतिनिधित्व गर्ने एक समूहले शनिबार राति पेरिसमा भएको वार्ताकै दौरान ‘विशाल र्‍याली’ को योजना बनाएको छ ।

ह्वाइट हाउसका दूत ब्रेट म्याकगर्कले यसै साता इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टसँग तेल अभिभमा वार्ता गरेबम थिए भने हमासका प्रमुख इस्माइल हनियेहसहित अन्य मध्यस्थकर्तासँग काएरोका कुराकानी गरेका थिए । हमास स्रोतका अनुसार नयाँ योजनामा छ हप्ताका लागि द्वन्द्व स्थगन गर्ने र हमासले बन्धक बनाएका ३५ देखि ४० जनाको बदलामा २०० देखि ३०० प्यालेस्टिनी कैदीलाई रिहा गर्ने प्रस्ताव गरिएको छ ।

बार्निया र सीआईएका उनका अमेरिकी समकक्षीले गत नोभेम्बरमा एक साता लामो युद्धविराम वार्तामा सहयोग गरेका थिए, जसमा इजरायली जेलमा रहेका २४० प्यालेस्टिनी कैदीको बदलामा ८० जना इजरायली बन्धकलाई रिहा गरिएको थियो ।

यसअघि, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले पत्रकारहरूसँगको भेटमा अहिलेसम्मको छलफल ‘राम्रो चलिरहेको’ बताउनुभएको थियो भने इजरायली युद्ध क्याबिनेट सदस्य बेनी गान्ट्जले ‘प्रगतिको सम्भावनालाई प्रकट गर्ने पहिलो सङ्केत’ बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy