Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

‘नेपालको शिक्षा अन्तर्राष्ट्रिय स्तरको छ’

खबरडबली संवाददाता

नुवाकोट । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको शिक्षा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको प्रतिस्पर्धामा उत्कृष्ट रहेको बताएका छन् । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको शनिबार आयोजित ३८औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई भर्चुअलरुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले नेपालका विद्यार्थीले उच्च शिक्षा अध्ययनका क्रममा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा उत्कृष्ट अङ्क हासिल गर्दै आएको उदाहरण दिँदै नेपालको शिक्षा उत्कृष्ट रहेको बताए । 

“विद्यालय तहको अध्ययन पूरा गरेका नेपाली विद्यार्थीले विदेशका विश्वविद्यालयमा छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउन सक्ने हुनुमा नेपालको पढाइको गुणस्तर विश्वभरमा प्रतिस्पर्धी मान्न सकिन्छ”, उनले भने, “गुणस्तरीय र प्राविधिक शिक्षा सहुलियत शुल्कमा उपलब्ध भएकाले अध्ययन पश्चात रोजगारको सृजनामा केन्द्रित हुन युवा वर्गलाई आग्रह गर्दछु ।”

आर्थिक समृद्धिका लागि देशमा सम्भावनाको अवसर प्रशस्त भएकाले त्यसको सदुपयोग गर्ने जिम्मेवारी युवाको काँधमा आएको उनले बताए । “युवाले स्वदेशमा केही हुँदैन भनेर निराश हुनुहुँदैन । रोजगारको अवसर र सुनौलो भविष्यको खोजीमा भौतारिनुभन्दा क्षमता र दक्षताको आधारमा यही उद्यमी बन्न सकिन्छ”, उनले भने । 

देशको अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्कदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारी सृजनामा केन्द्रित हुने अर्थमन्त्री डा महतको भनाइ छ । “मूल्यवृद्धि घट्दो छ । शेयर बजार उकालो लाग्दै छ । विदेशी पर्यटनको आवागमन र राजस्वको वृद्धिले आशा पलाएको छ”, उनले भने । “आगामी वैशाखामा हुन लागेको लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन कोसिस गर्दैछाैँ । देशको लगानी पनि परिचालन गर्नेछौँ । अवसरका ढोका अब खुला हुँदै जानेछन् ।”

नुवाकोट र रसुवावासीलाई लक्षित गरी ३८ वर्षअघि स्थापना भएको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको भौतिक संरचनाको विकास र गुणस्तरीय शिक्षाका लागि प्राविधियुक्त सिकाइका लागि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending