Ntc summer Offer
Khabar Dabali १२ जेष्ठ २०८२ आईतवार | 25th May, 2025 Sun
Investment bank

जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने

खबरडबली संवाददाता

एजेन्सी । जापानले भूकम्पले क्षति पुर्‍याएका क्षेत्रको पुनः निर्माणका लागि थप ६६ करोड अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेको छ । जापानका प्रधानमन्त्री प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पले क्षति पुर्‍याएका क्षेत्रको पुनःनिर्माणका उक्त रकम खर्च गर्ने बताएका छन् । 

उनले शनिबार भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि नयाँ आर्थिक सहायताको घोषणा गरेका छन् । सन् २०२४ जनवरी १ मा गएको ७.५ म्याग्नीच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको इशिकावा क्षेत्रको केही भागलाई तहसनहस बनाएको थियो । 

भूकम्पका कारण धेरै भवनहरू र सडकहरू भत्किएका थिए भने विशाल आगलागी समेत भएको थियो । भूकम्पमा परी अहिलेसम्म २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १० हजार भन्दा बढी मानिसहरू शिविर र होटलमा शरण लिइरहेका छन्, र इशिकावाका केही भागहरूमा अझै पनि खानेपानीको सेवा सहज हुनसकेको छैन । 

“अस्थायी आश्रयस्थलमा बस्ने अवस्थामा सुधार भइरहेको छ, तर म यो कुरा मनमा राख्नेछु कि वास्तविकता पहिलेजस्तै कठिन छ,” किशिदाले सबैभन्दा बढी प्रभावित शहर वाजिमामा पत्रकारहरूसँग भने । “निरीक्षणले ‘थप सहयोग प्रदान गर्ने दिशामा काम गर्ने सरकारको दृढतालाई पुनः पुष्टि गरेको छ’,” उनले भने । 

किशिदाले चालू आर्थिक वर्षको सञ्चित कोषबाट करिब १०० अर्ब येन (६६ करोड अमेरिकी डलर) को अतिरिक्त खर्चलाई आगामी दिनमा आफ्नो क्याबिनेटले अनुमोदन गर्ने बताए । यो नयाँ वर्षको दिनको भूकम्पबाट पुनरुत्थानको प्रयासका लागि आपतकालीन कोषको तेस्रो विनियोजन हो, जुन रकम अब कुल २६० अर्ब येन (१.७ अर्ब डलर) भन्दा बढी हुने अपेक्षा गरिएको छ ।

किशिदाले भने, “नवीनतम कोषहरू अनुदान प्रणालीको वित्तपोषणको लागि डिजाइन गरिएको छ जसले युवा र बाल–पालन गर्ने परिवारहरूलाई उनीहरूको ध्वस्त घरहरू पुनर्निर्माण गर्न मद्दत गर्दछ ।” प्रधानमन्त्री बिशिदाले पूर्वनिर्मित अस्थायी आवास निर्माणका लागि प्रयासलाई तीव्रता दिइने र वाजिमाको परम्परागत कलाकृति उद्योगका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

भूकम्पका कारण इशिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ अर्ब डलर) देखि २.६ ट्रिलियन येन (१७.६ अर्ब डलर) को क्षति भएको सरकारी अनुमान छ । तर सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६.९ ट्रिलियन येनको क्षतिभन्दा पनि यो अनुमान निकै कम हो ।

त्यस विपत्तिमा लगभग १८ हजार ५०० मानिसहरू मृत्यु वा वेपत्ता भएका थिए । यसले फुकुशिमा आणविक केन्द्रमा विपत्ती निम्त्यायो, जुन चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आर्थिक अनियमितता नगरेकाे गृहमन्त्री लेखककाे दाबी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एउटै मात्रै आर्थिक अनियमितता प्रमाणि गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् । शनिबार सचिवालयमार्फत भिडियो सार्व...

इलामकाे पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

इलाम । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गु...

डाेल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, प्रहरीद्वारा दुई राउण्ड हवाई फायर

काठमाडौं । डोल्पामा यार्सा संकलन गर्न गएका दुई समूहबिच झडप हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । शनिबार  दिउँसो डोल्पा जिल्ला  ठुली भेरी नगरपा...

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदैछु: मन्त्री पौडेल

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहे...

फोहोर व्यवस्थापन छाडेर उदयपुरकाे त्रियुगाका जनप्रतिनिधि भ्रमणमा

उदयपुर । त्रियुगा नगरपालिकाका जनप्रतिनिधि फोहोरमैला व्यवस्थापनको काम छाडेर पश्चिम नेपालको भ्रमणमा निस्किएका छन् । त्रियुगा नगरपालिकाको गाईघाट बजार क्ष...

वीरगन्जमा टिपरले ठक्करबाट एककाे मृत्यु

पर्सा । वीरगन्ज महानगरपालिका १७, अलौस्थित सडकखण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपाल...

गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता छैनः गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ । त्रिभु...

देशभर १० महिनामा आठ हजारभन्दा बढी विपतका घटना

५८९ जनाकाे मृत्यु, दैनिक २७ वटा विपतका घटना घट्दै

सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु निर्वाचन क्षेत्रमा

काठमाडौं । यही जेठ ११ र १२ गते  सातवटै प्रदेशमा आयोजना हुने  ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ ...

गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन रास्वपाकाे माग

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सघाउन माग गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending