Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

देशका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन् ।  काठमाडौंकाे गोकर्णेश्‍वर नगरपालिका-८ छहारी कल्ब बेशी गाँउबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० ट्याब्लेट, फेनरागन ४५ ट्याब्लेट, टाल्जेसिक्स ६७ ट्याब्लेट, चक्कु १ थान, मोबाइल ३ थान र नगद ५ हजार ५ सय रूपैयाँसहित काभ्रे कानपुर घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बेशी गाउँ बस्ने २७ वर्षीय कर्म लामा समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१३ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ उदयपुर बस्ने २० वर्षीय आकाश महरालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो ।    

बाँकेकै कोहलपुर नगरपालिका-११ लोकनगरस्थित चिया पसलका संचालक बाजुरा हिमाली गाउँपालिका-४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 
रौतहटकाे गुजरा नगरपालिका-४ लाल बकैया खोला वाँधबाट अवैध लागूऔषध गाँजा ४ किलोसहित बारा करैयामाई गाउँपालिका-१ हरैया टोल बस्ने ३५ वर्षीय हबिब अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट  र प्रहरी चौकी हरिनगरबाट खटिकएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकल सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

कञ्चनपुरकाे पूनर्वास नगरपालिका-६ ङ गाउँ मनकामना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३९ वर्षीय योगेश भण्डारी र सोही उपमहानगरपालिका-४ उत्तर बेहडी बस्ने ३८ वर्षीय बल्देव बिष्ट रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ७४४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

पर्साकाे वीरगंज महानगरपालिका-१९ तिलावे पुलबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ग्रामसहित बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ५५ वर्षीय मोखु रावत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीबाट खटिएको प्रहरीले साईकलयात्री उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

झापाकाे मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोइन ८ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय थाम बहादुर विक र २४ वर्षीय अर्जुन विक रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका थाम बहादुरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप सोधपुछ गर्ने क्रममा अर्जुन बिकको संलग्नता खुल्न आएपछि उनलाई समेत पक्राउ गरेको हो । 

बर्दियाकाे गुलरीया नगरपालिका-७ महाकबि टोल बस्ने २८ वर्षीय सानु खानलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-८ जुम्ली टोल बस्ने लोकेन्द्र कडाराको घरबाट मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र मोबाइलसहित फेला पारी पक्राउ गरेको हो । 

बाग्लुङकाे  निसीखोला गाउँपालिका-२ कान्छी बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ११ किलो र गाँजा ६७ किलोसहित बडिगाड गाउँपालिका-८ भेडीखोर बस्ने २७ वर्षीय प्रेम बोहरा समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी जुग्जाखोलाबाट खटिएको प्रहरीले ध.१ च १२६१ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा चालक बोहरा र गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy